सिंगारु गीत : लाल बहादुर के. सी.

Byआहा सञ्चार

२०७५ आश्विन १७, बुधबार १२:५७

 

 

 

 

 

 

 

 

 

पूर्वी रुकुम कमल दह, पश्चिम रुकुम स्यार्पू ताल
नेपाली जनता परिसके कम्युनिष्टको जाल ।

पश्चिम रुकुम सिस्ने हिमाल , पूर्वि रुकुम पूथा हिमाल
पूर्वि रुकुम रुकुमकोटलाई काँग्रेस सरकारले बनाई दियो अकमाल ।

पूर्वी रुकुम उत्तरगंगा पश्चिम रुकुम सानीभेरी
सित्ति मन रुँँदैन हाम्रो, यी कुरालाई संझी ल्याउँदा खेरी ।

काठमान्डौमा हुन लाग्यो गणतान्त्रिक मेला
बल्ल पर्यो नेपाली जनता कम्युनिष्टको फेला ।

माथि पर्यो जुम्ला जिल्ला, तल कालिकोट
अब कैल्यै दिने छैनौं काँग्रेस कम्युनिष्टलाई भोट ।

पाउनु सम्म दुख पायो विकासे जेठाले
बाटो घाटो कब्जा गर्न लागे कम्युनिष्ट नेताले ।

कानुन भित्र रहेपछि हुन्न कोहिको डर
अब कोही नपरौं है कम्युनिष्टको भर ।

डिग्रे मन्दिर शिरमाथि दुदिलाको छायाँ
हाम्लाई पहिले धेरै लाग्थ्यो कम्युनिष्टको माया ।

यसैगरी विश्वास गुम्छ विभिन्न प्रकारले
निर्मलालाई न्याय दिन सकेको छैन कम्युनिष्ट सरकारले

यी माथिका सिंगारु गीतहरुले कतै माया ममता र कतै दुख बेदना र कतै भर भरोसा र विश्वास र कतै आशा मरिसकेका रस व्यक्त गरेका छन् भने कतै विभिन्न ठाउँको चिनारी पनि दिएका छन् ।

लाल बहादुर के. सी.
मु.न.पा. ५ थर्पू रुकुम

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto