मोहन बिसी
पश्चिम रुकुमको आठबिसकोट नगरपालिमा रहेको रहेको सिस्ने हिमाल बालगृह लाई बिभिन्न ब्यक्ति तथा निकायहरुबाट सहयोग भएको छ । बालगृह र त्यहाँ रहेका अनाथ बालबालिकाहरुको लागी एक कार्यक्रमको बीचबाट सहयोगी हातहरु फैलिएका छन । पश्चिम रुकुमबाट प्रतिनिधी सभामा सदस्य तथा नेकपा कर्णाली प्रदेशका इन्चार्ज जनार्दन शर्माबाट ५० हजार रुपैयाँ सहयोग भएको छ ।
त्यस्तै इन्द्रेणी कार्यक्रमका संचालक कृष्ण कडेलबाट ४५ हजार, आठबिसकोट नगरपालिका वडा न .१० का वडा सदस्य धनबहादुर कुसारीबाट आफ्नो ६ महिनाको तलब ४२ हजार र कृषि बिज्ञ सादुराम बस्नेत बाट पाँच हजार गरि १ लाख ४२ हजार रुपैयाँ सहयोग प्राप्त भएको छ । सहयोग रकम बाल गृहमा रहेका बालबालिकाहरुको शिक्षा, स्वास्थ्य, खेलकुदका सामाग्री र लताकपडा लगायतका कामका खर्च गरिने सिस्ने हिमाल बाल गृहका अध्यक्ष सुनिता चनारा जानकारी दिए । बालबालिकाहरुको उज्वल भबिश्यलेका लागि बिभिन्न संघ सस्था तथा सबैलाई सहयोग गर्न पनि उनले अपिल गरेका छन ।
अभिभावक बिहिन ९ जना बालबालिकाहरु अहिले बाल गृहमा बस्दै आएका छन । नगर भित्रका बिभिन्न ठाँउबाट पनि अभिभावक बिहिन अनाथ तथा टुहुरा बालबालिका बालगृहमा राखिदिने प्रस्ताब आईरहेको भएपनि आथिक समस्याका कारण सबै बालबालिकाहरुलाई राखेर सेवा गर्न नसकिएको बालगृहले बताएको छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto