मेगराज खड्का
रुकुम पश्चिममा कृषि ज्ञान केन्द्र उद्घाटन गरिएको छ । पुर्ब गृहमन्त्री तथा प्रतिनिधिसभा सदस्य जनार्दन शर्माले मुसिकोट नगरपालिका ३, पिपलनेटामा ब्यानर खोलेर केन्द्रको उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि शर्माले रुकुमको कृषि क्षेत्रमा देखिएको संभावनालाई यस ज्ञान केन्द्रले साकार पार्ने बताए । कार्यालय उद्घाटन गर्ने मुख्य कुरा नभएर त्यसको व्यवहारिक कार्यन्यवन र कृषकहरुको जीवनस्तर माथी उठ्ने कुरा मुख्य रहेको उनको भनाई भियो ।
उद्घाटन कार्यक्रममै बोल्दै कर्णाली प्रदेश कृषि, भुमि तथा सहकारी मन्त्री बिमला केसीले प्रदेश सरकार प्रदेशलाई नै अर्गानिक कृषि उत्पादनको नमुना प्रदेश बनाउने अभियानमा रहेको र जिल्लातहमा हुने ज्ञान केन्द्रमार्फत त्यसको कार्यन्वयन हुने बताईन । जिल्लाका व्यवसायिक कृषकहरुको प्रोत्साहन सगै नयाँ प्राबिधिक कृषिको शुरुवातको लागि ज्ञान केन्द्रले महत्वपुर्ण भूमिका खेल्ने उनको बिश्वास थियो । प्रदेश सरकार मातहत रहेको यस कृषि ज्ञान केन्द्रले यसअघि जिल्लामा रहेको जिल्ला कृषि विकास कार्यालय मार्फत हुदै आएका अधिकांस कामकारबाही गर्ने छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto