सर्जना कार्की
रुकुम पुर्व
रुकुम पुर्वका महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई आधारभुत आँखा स्वास्थ्य शिक्षा तालिम दिइएको छ । नेपाल नेत्र ज्योती संघ राप्ती आँखा अस्पताल तुलसिपुर उपमहानगरपालिका ४ रक्षाचौर दाङको आयोजनामा जिल्ला जनस्वास्थ्य कार्यालय रुकुम पुर्वमा तालिम दिईएको हो । पुरानो उपचार शैली परिमार्जित गर्दै नया उपचार पद्धति अपनाई अन्धोपन निवारन गर्नको लागि तालिमको आयोजना गरेको राप्ती आँखा अस्पतालका वरिष्ठ नेत्र अधिकृत तथा बाहय कार्यक्रम संयोजक सालिकराम गौतमले बताए । यो तालिम नेत्र ज्योती संघ राप्ती आँखा अस्पताल रक्षाचौर दाङ तुलसिपुरको वार्षिक रुपमा गरिने नियमित कार्यक्रम अन्तर्गतको एउटा कार्यक्रम रहेको र यो तालिम ४ दिनसम्म चल्न पनि उनले बताए ।
बुधबार पहिलो दिन महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई तालिम दिइएको र क्रमश बिहिवार स्वास्थ्यकर्मीहरुलाई, शुक्रवार औषधि विक्रेताहरुलाई र शनिबार धामीझाँक्रीहरुला तालिम दिने नेत्र अधिकृत गौतमले बताए । तालिम रुकुम पुर्वमा उपयुक्त भएको र प्रभावकारी पनि हुने भएकाले तालिम आयोजना गरेको भन्दै सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले खुसी व्यक्त गरिन । तालिमका लागि नेत्र ज्योती सघं राप्ती आँखा अस्पताललाई धन्यवाद समेत दिएकी थिईन ।