सर्जना कार्की
रुकुम पुर्व
रुकुम पुर्वमा तेस्रो संविधान दिवस २०७५ मनाईएको छ । जिल्लाले विभिन्न कार्यक्रमहरु गरेर संविधान दिवस मनाएको हो । संविधान दिवसको अवसर पारेर मंगलबार रुकुमकोट बजार सरसफाइ गरिएको थियो । यसैगरी पुथाउत्तरगङ्गा गाउँपालिका, सिस्ने गाउँपालिकाको आर्थिक सहयोग र शिक्षा विकास तथा समन्वय इकाई रुकुम पुर्वको संयोजनमा रुक्मिणी माध्यमिक विद्यालाय रुकुमकोटमा कविता, वक्तृत्वकला र हाजिरिजवाफ प्रतियोगिता सम्पन्न गरिएको छ । प्रतियोगितामा जिल्लाका १२ वटा विद्यालयले सहभागिता जनाएका थिए । नेपालको संविधान शिर्षकमा भएको कविता प्रतियोगितामा रुक्मिणी मा. वि. रुकुमकोटका रेनिज आचार्य र जनता मा.वि पोखराकि स्नेहा केसि प्रथम, हिमशिखा बोर्डिङ स्कुल रुकुमकोटका प्रशान्त दाहाल दित्तिय, त्रि. ज. मा.वि. छिप्रिदहका पुजन महतारा तृतीय भएका छन ।
देश विकासमा संविधानको भुमिका भन्ने शिर्षकमा भएको भएको वक्तृत्वकला प्रतियोगितामा रुक्मेणी मा.वि रुकुमकोटका अशोक गौतम प्रथम, त्रि.ज.मा.वि. छिप्रिदहकी यलिसा गौतम द्धितिय, जनता मा.वि. पोखराका सन्दिप के सि तृतीय भएका छन । यसैगरी हाजिरिजवाफ प्रतियोगितामा कमलदह बोर्डिङ स्कुल रुकुमकोट प्रथम, हिमशिखा बोर्डिङ स्कुल रुकुमकोट दित्तिय र सानिभेरी बोर्डिङ स्कुल पोखराले तृतीय स्थान हासिल गर्न सफल भएका थिए । प्रतियोगितामा विजयीहरुलाई नगद तथा प्रमाणपत्रले सम्मान गरिएको थियो । यसैगरी आज (३ गते बुधबार ) प्रभातफेरी निकालिएको छ । जिप्रकाको प्राङ्गणबाट शुरु भएको प्रभातफेरी बाहुनठाना, गाउँपालिका, चोकबजार, मारिपाखा हुँदै छिपृदह पुगि मञ्चको कार्यक्रममा परिणत भएको हो । मञ्चको कार्यक्रममा संविधान दिवसको शुभकामना दिदै वक्ताहरुले संविधान कसैले सित्तैमा दिएको र सित्तैमा पाएको होइन जनताको त्याग र तपस्याले ल्याएको हो । संविधानले सबै बर्गको हक अधिकार सुनिश्चित गरेको छ । त्यसैले सबै एकजुट भएर अगाडि बढ्नुपर्ने बताएका छन ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto