जयमान बुढा मगर
रुकुम पूर्व भूमे गाउँपालिकाले बिभिन्न कार्यक्रमहरु गरेर संविधान दिवस मनाउने भएको छ । भदौ २२ मा बसेको गाउँ कार्यपालिका बैठकले दिवस मनाउने निर्णय गरेको थियो । भूमेमा रहेका ९ वटै वडा कार्यलय, ५ स्वास्थ्य चौकी, ३३ सामुदायिक विद्यालय, ३ सामुदायिक स्वास्थ्य इकाई, र स्थानीय यूवा क्लब÷संस्थाहरुमा सहभागि भएर मनाउन पालिकाले आह्वान गरेको हो ।
असोज २, ३ र ४ गतेका दिन भूमे गाउँपालिकाका सबै वडा कार्यलय, स्वास्थ्य चौकी, सरकारी कार्यलय लगायतका सार्वजनिक स्थलहरुमा सरसफाई, गाउँपालिकाबासीहरुले साँझ घर घरमा दिप प्रज्वलन लगायतको कार्यक्रम तय गरिएको भूमे गाउँपालिकाका अध्यक्ष रामसुर बुढा मगरले बताए । त्यसतै असोज ३ गते गाउँ पालिका सिमामा गाउँपालिका अन्तर्गतका जनप्रतिनिधि, शिक्षक, कर्मचारी, बुद्धिजिवी, स्थानियबासीहरुको सहभागितामा अन्तरक्रिया कार्यक्रम रहेकोले सबैलाई निमन्त्रणा अध्यक्ष बुढाले गरेका छन् ।
