डिल्लीबहादुर खत्री
चौरजहारी नगरपालिका वडा न. १३ का उदय बादीको घर पहिरो जोखिममा परेसँगै दुई महिनादेखि उनको परिवार छिमेकीको घरमा बसिरहेका छन् । चौरजहारी नुवाकोट सडक खण्ड माथि रहेको घर अगाडिबाट पहिरो खस्दा उनको घर पुर्ण जोखिममा परेको हो । घर अगाडि बाट सडकमा पहिरो गएको र घर माथिदेखि जमिन चर्किएकोले छिमेकीको घरमा भाडा तिरेर बसेको पिडित बादीको बताए । ‘दिउँसो घरमा गएर काम गरेपनि राति घरमा बस्न डर लाग्छ सबै परिवार छिमेकीको घरमा बस्न आउछौँ र घरमा बसेवाफत छिमेकीको काम गर्दिन्छौँ’ उनले भने । साउनदेखि अर्काको घरमा बसेपनि अहिलेसम्म सरकारले नहेरेको उनको गुनासो छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto