जयमान बुढा मगर
साहित्यकार गिरीप्रसाद बुढाद्धारा लिखित दुई खण्डकाव्य पुस्तकको परिचर्चा गरिएको छ । राप्ती साहित्य परिषद जिल्ला शाखा रुकुमको त्रैमासिक रुपमा सञ्चालन गर्दै आएको पुस्तक परिचर्चा कार्यक्रम अन्र्तगत दोस्रो शृङ्खलामा शनिबार बुढाको पुस्तक परिचर्चा गरिएको राप्ती साहित्य परिषद जिल्ला शाखा रुकुमका अध्यक्ष मनलाल ओलीले जानकारी दिए ।

कार्यक्रममा साहित्यकार गिरीप्रसाद बुढाले आफ्नो पुस्तक लेखनको अनुभव बारे बताउदै आफू ग्रामिण ठाउँमा हुर्किएकोले ग्रामिण जनजीवन, देशमा वेरोजगारीको अवस्था र देशमा लामो समय सम्म चलेको १० बर्षिय द्धन्द्ध समेटिए बताए । दुई खण्डकाव्य भित्र “आस्थाका फूलहरु” र “बिग्रेकको हर्के” नामकको दुई कृति रहेको छ । पुस्तकको परिचर्चा आस्थाका फूलहरु नामकको कृतिको समिक्षा गर्दै राप्ती साहित्य परिषद जिल्ला शाखा रुकुमका सदस्य कमप्रसाद देवकोटा पुस्तकमा नेपालमा थुप्रै सम्भावना रहेको र त्यसमा सरकारले अवसरहरु प्रदान गरिदिए जुनसुकै खालका विकास तथा निर्माण उदाहरणीय काम गर्न सक्द छन् भने भावको सन्देश लेखिएको बताए । बिग्रेको हर्के नामकको कृति समिक्षा गर्दै मुसिकोट खलंगा बहुमुखि क्याम्पसका प्रमुख मुकुन्द प्रसाद शर्माले पुस्तकमा नेपाल एक ग्रामिण ठाउँले बनेको देश रहेकोले त्यस अनुसारका जीवनशैली बोकेको कृति रहेको बताए । नेपालमा स्थिर सरकार नहुँदा देश र नागरिकले दुःख पाइ राखेको चित्रण कृतिहरुमा गरिएको छ ।

खलंगा स्थित त्रिभुवन जनता माबिको स्रोत भवनमा भएको कार्यक्रममा कार्यक्रम राप्ती साहित्य परिषद जिल्ला शाखा रुकुमका अध्यक्ष मनलाल ओलीको अध्यक्षता रहेको थियो । कार्यक्रमका मुसिकोट बहुमुखि क्याम्पसका प्रमुख मुकुन्द प्रसाद शर्मा, क्याम्पसका प्रध्यापक हरिविष्णु ओली र आहा सञ्चार साप्ताहिक पत्रिकाका सम्पादक मेगराज खड्का लगायतको उपस्तिथि रहेको थियो । परिषदका सदस्य प्रमोद कुमार शर्माको स्वागत मन्तव्य रहेको कार्यक्रम संचालन परिषदकी उपाध्यक्ष सिर्जना शर्माले गरेका थिइन् ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto