सर्जना कार्की
समाजवाद उन्मुख समृद्ध राष्ट्र निर्माणको आधार, दक्ष जनशक्ति विकास एवम् दिगो शैक्षिक पुर्वाधार भन्ने मुल नाराका साथ रुक्मेणी माध्यमिक विद्यालय रुकुमकोट रुकुम पुर्वले ३९ औ शिक्षा दिवस तथा ५२ औ अन्तराष्ट्रिय साक्षरता दिवस वक्तृत्वकला प्रतियोगिता कार्यक्रम सञ्चालन गरेको छ ।
सिस्ने गाउँपालिका र हुरेड कार्स नेपाल रुकुम पुर्वको आर्थिक सहयोग तथा रुक्मेणी माध्यमिक विद्यालय रुकुमकोटको आयोजनामा गरेको हो । कार्यक्रममा सिस्ने गाउपालिका वडा नम्बर ५ का मा. वि २ र आधारभुत ३ गरि जम्मा ५ वटा विद्यालयहरुले सहभागिता जनाएका थिए । मा.वि. तहको समृद्ध राष्ट्र निर्माणमा विद्यार्थिको भुमिका भन्ने शिर्षकमा भएको प्रतियोगितामा ५ जनाको सहभागीता जनाएका थिए । जसमा रुक्मेणी माविका अशोक गौतम प्रथम, कोट मावी रुमालबाराका सन्तुलन नेपाली द्धितिय र रुक्मेणी माविकै प्रतिक्षा दाहाल तृतीय भएका छन ।
त्यसैगरी आधारभुत तहको वातावरण संरक्षणमा विद्यार्थिको भुमिका भन्ने शिर्षकमा भएको प्रतियोगितामा ९ जनाको सहभागिता रहेको थियो । जसमा कोट मावी रुमालबाराका सुदर्शन नेपाली प्रथम, रुक्मेनी माविका रेनिज आचार्य द्धितिय, कोट मावि रुमालबाराका प्रविन परियार तृतीय भएका छन । विजयीहरुलाई प्रमाणपत्र र नगदले सम्मान गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव चन्द्र समालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिती प्रमुख गजेन्द्र बहादुर वलिको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा गाउँपालिका अध्यक्ष कुमारी बराल,स्रोत व्यक्ति बल बहादुर शाही, तालिम प्रशिक्षक चन्द्र बहादुर मल्ल, सिस्ने शिक्षा क्याम्पस प्रमुख तिब्र गौतम, हुरेड कार्सकी सुपरभाईजर संगिता गौतम, सिस्ने ५ का वडा सदस्य फनेन्द्र आचार्य र कृष्ण विक्रम शाह लगायतको उपस्थिति रहेको थियो । प्राचार्य कृष्ण गौतमको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन शिक्षक बसन्त गौतमले गरेका थिए ।
