ज्ञानु गौतम
वडा स्तरमा हुने विभिन्न विवादलाई मेलमिलापका माध्यमबाट वडामै मिलाउने उद्देश्यले सञ्चालित मेलमिलाप सम्बन्धी आधारभुत तालिम सम्पन्न भएको छ । गत भदौ १२ गतेदेखि चौरजहारी नगरपालिकाको सभाहलमा सञ्चालित तालिमको आज समापन गरिएको हो । ४८ घण्टे मेलमिलाप सम्बन्धी आधारभुत तालिम चौरजहारी नगरपालिकाको आर्थिक सहयोग र ग्रामिण विकास तथा सामाजिक सुधार केन्द्रको आयोजनामा तथा सामुदायिक मेलमिलाकर्ता समाज नेपालको प्राबिधिक सहयोगमा तालिम सञ्चालन भएको थियो । तालिममा मेलमिलापको महत्व, मेलमिलापले सामाजिक द्धन्द व्यवस्थापनमा पुर्याउने सहयोग लगाएतका विषयमा सिकाइएको थियो ।
तालिममा १४ वडाबाट २८ जना र कानुन व्यवसायी, बुद्धिजिवि लगायत न्यायिक समितिका कर्माचारी गरी ३८ जनाको सहभागीता रहेको थियो । तालिमको सहजिकरण गोबिन्द नारायण उपाध्या र मुकुन्द प्रशाद भण्डारीले गरेका थिए । चौरजहारी नगरपालिकाका नगर प्रमुख बिशाल शर्माको प्रमुख आतिथ्यता भएको कार्यक्रम चौरजहारी नगरपालिकाकी उप–प्रमुख तथा न्यायिक समिति संयोजक राधा रोकाको अध्यक्षतामा रहेको थियो । कार्यक्रमको संचालन नगरपालिकाका नि.प्रमुख प्रशासकिय अधिकृत प्रदिप सुनारले गरेका थिए ।