सल्लेमा वाल क्लव गठन

Byआहा सञ्चार

२०७५ भाद्र ११, सोमबार १८:५१

आहा संचार संबाददाता
रुकुम पश्चिम सल्लेको रातो तारा स्कुलमा अध्ययनरत वालवालिकाहरुको एक भेलाले रातो तारा बाल क्लब गठन गरेका छन । बालबालिकाहरुको प्रतिभा प्रष्फुटन गराउन र सामाजिक क्रियाकलापमा सहभागी गराउन वाल क्लब गठन भएको हो ।
रातो तारा स्कुलमा कक्षा पाँचमा अध्ययनरत छात्र माईकल बुढामगरको अध्यक्षतामा २५ सदस्यीय समिति गठन भएको छ । समतिका अन्य पदाधिकारी तथा सदस्यहरुमा वरिष्ठ उपाध्यक्ष सुशील रामजाली,उपाध्यक्षहरु प्रकाश घर्ती,जोनिका विसी, लक्ष्मी विक, प्रवीण विसी, विक्की रजक, प्रशान्त पुन, सचिव एरिना थापा, कोषाध्यक्ष करुणा विसी निर्वाचित भएका छन् । अन्य सदस्यहरुमा विपना विक, विकास विसी, विशाल घर्ती, टीकाराम विसी, अभिशेष पुन, युवराज खडका, सुमन गिरी, चाँदनी वाँठा, आशीष मल्ल, एन्जल केसी, दुर्गा खडका, रुजेश परियार, प्रमिला घर्ती, नवचन्द्र खडका,समीक्षा गुरुङ रहेका छन् ।
रातो तारा स्कुलका प्रिन्सिपल अधिवक्ता रचना मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षक राजेश वुढामगरले गरेका थिए भने संस्थापक हरिविष्णु ओलीले वाल क्लवका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई पद तथा गोपनियताको शपथ खुवाएका थिए ।

 

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto