लाल बहादुर केसी
म र मेरो कर्तब्य
म भनेको एक ब्यक्तिगत शब्द हो
मेरो कर्तब्य भनेको आज्ञा पालन गर्नु हो
जो मानिस आज्ञाकारी हुन्छ
उही मानिस ज्ञानी र विवेकी बन्छ
म भन्ने शब्द सानो होइन कहिल्यै नसोचौ त्यसो
म भन्ने शब्दले मानिसलाई महान वनाउछ धेरै जसो
म को हुँ र मेरो कर्तब्य के हो यी कुरा बुझ्नेै पर्छ सव जनले
आफ्नो कर्तब्य पुरा गर्न सके झञ्झट ब्यहोर्नु पर्दैन मनले
म भन्ने शब्द अन्त कतै छैन अहिले
म भित्र नै रही रहन्छ यो शब्द जहिले
मेरो कर्तब्य भन्ने शब्द महान पालक हो सवको
मेरो कर्तब्य भन्ने शब्द अनुशासन परिचालक हो सवको
म भन्ने शब्द बुझ्नै पर्छ सवै मानबले
महानै हो यो त राम्ररी बुझ्न सके सवले
म भन्ने शब्द चुक्दैन जाने कतै पनि
मैले पालन गरे मेरो कर्तब्य फैलिन्छ जताततै पनि
म एक राष्ट्रको सेवक हुँ नोकर पनि
मेरो कर्तब्य राष्ट्र प्रति जेहेन्दार हुनु पर्छ जहिले पनि
मलाई राष्ट्रले दिन्छ भन्नु मेरो कर्तब्य होइन
मैले राष्ट्र प्रति के योगदान गर्न सक्छु भन्नु मेरो कर्तब्य हो
म जन्मिए यही राष्ट्रमा हुर्किए यही भूमिमा
राष्ट्रको सेवा गर्नु हुन्छ मेरो कर्तब्य यही दुनियामा
राष्ट्र र कर्तब्य बोल्दैनन् कहिले यो गर भनि
राष्ट्र र जनता प्रति सेवा गर्नु पर्छ कर्तब्य पुरा गरी जहिले पनि
राष्ट्र भने एक अधिनस्त जनता बस्ने क्षेत्र हो
कर्तब्य भनेको जनताले पुरा गर्नु पर्ने निति हो
जानी लिनु यी सवै कुरालाई सुनि
यी कुराहरु सुनी सकेपछि नभुल्नु है कहिले पनि