मेगराज खड्का
रुकुम ३०, साउन : खुर्पा प्रहार गरि बुवाबाट गम्भीर घाईते बनेका रुकुमका दुई बालकलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ । जिल्ला अस्पताल सल्ले रुकुममा प्रारम्भिक उपचार पछि १३ वर्षीय प्रकाश बिष्ट र १० वर्षिय दिनेश बिष्टलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ ।
रुकुम पश्चिम मुसिकोट नगरपालिका–१४ लोरिबांगका ३७ बर्षिय शंकर बिष्टले एक भाई र एक छोराको हत्या गरेका थिए भने दुई छोरालाई गम्भिर घाईते बनाएका थिए । आज बिहान घरमा परिवारका अन्य सदस्यहरु नभएको अवस्थामा उनले एक्कासी भाई र छोराहरु माथी खुर्पा प्रहार गरेका थिए । खुर्पा प्रहारबाट उनका भाई १७ वर्षीय गोकर्ण विस्ट र ६ वर्षीय छोरा सुदर्शन विष्ट घटना स्थलमै मृत्यु भएको थियो । भाई शारिरीक रुपमा अपांग समेत थिए । जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी निरीक्षक प्रमोद क्षेत्रीका अनुसार शंकर पनि सामान्य घाईते भएका कारण प्रहरीको निगरानीमा रहेर जिल्ला अस्पताल सल्ले रुकुममा उपचार भैरहेको छ ।
स्थानीयका अनुसार शंकरले दुईतिन दिन देखि लगातार सुतिरहने जस्तो अस्वभाबिक लक्षण देखाईरहेका थिए । घटनाको कारण बारे अनुसन्धान भरहेको भएपनि मानासिक सन्तुलन गुमाएका शंकरले भाइ र छोराको हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto