सर्जना कार्की
रुकुमकोट : रुकुम पूर्व नयाँ जिल्ला बनेको एक बर्ष बितेपनि जिल्ला स्तरीय सबै कार्यालयहरु स्थापना भएका छैनन । कार्यालयहरु स्थापना नभएपछि उद्योग बाणिज्य सघं रुकुमकोटले जिल्लामा हुनुपर्ने सरकारी सस्थाहरुको स्थापना गर्न माग गरेको छ ।
शुक्रबार रुकुमकोट उद्योग बाणिज्य सघंले जिल्ला प्रशासन, जिल्ला समन्वय समिति र गाउँपालिका कार्यालयमा मागपत्र पेश गरेको हो । रुकुम पुर्वमा घरेलु तथा साना उद्योग नहुँदा काम गर्न रुकुमकोट उद्योग बाणिज्य सघंलाई अप्ठ्यारो परेको उद्योग बाणिज्य सघंका अध्यक्ष यज्ञ प्रकाश मल्लले बताए । उनका अनुसार हाल जिल्लामा जिल्ला खाद्य सस्थान, नेपाल टेलिकम शाखा कार्यालय, खानेपानी कार्यालय, कृषि विकास बैंक र जिल्ला हुलाक कार्यालय लगाएतका सरकारी कार्यलयहरुको अझै स्थापना भएको छैनन् ।
‘कर तिर्नको लागि रुकुम पश्चिम जादा रुकुम पश्चिमले पनि ती काम हाम्रो मातहतमा नभएको भन्दै फर्काएको सेवाग्राही बताउछन’ अध्यक्ष मल्लले भने, ‘त्यसैले यी कार्यलयहरुको स्थापना गर्नको लागि पहल कदमी गरिदिनको लागि हामीले माग गरेका हौं ।’

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto