आहा सञ्चार संबाददाता
अखिल क्रान्तिकारी रुकुमले सदरमुकाम खलंगा स्थित अक्सफोर्ड टेक्निकल कजेल एण्ड इन्सिच्यूटलाई कानुन अनुसार कारबाही गर्न माग गरेको छ । कानुन विपरित कजेल संचालन गरेर अबैध लुट मच्चाएको भन्दै कारबाही गर्न माग गरिएको हो । अखिल क्रान्तिकारी रुकुमका सचिब प्रेम प्रशान्त बोहराको हस्ताक्षरमा निकालिएको बिज्ञप्तीमा शैक्षिक संस्थाको खोल ओडेर यस क्षेत्रलाई नै बिकृत, अमर्यादित, व्यापार र हसभ्य बनाएको उल्लेख गरिएको छ । ‘बिद्यार्थीहरुलाई सिटिईभिटि लिने प्रवेश परिक्षामा उर्तिण गराउने आश्वासन दिएर लाखौं रुपैयाँ असुल गरेको छ ।’ बिज्ञप्तीमा भनिएको छ ।
हेर्नुहोस यस्तो छ बिज्ञप्ती
फेसबुक प्रतिक्रियाहरु