आहा सञ्चार संबाददाता
रुकुम पूर्ब
रुकुम पूर्बको पूथाउत्तरगंगा गाउपालिका ५ स्थित हुकामको तामागर खोलामा २०६५ सालमा संचालनमा आएको बिद्युत अबरुद्ध भएको १० बर्ष सम्म पनि अवरुद्ध भएपछि हाल पुनः संचालनको काम भैरहेको छ । ८२ किलोवाटको तामागर लघु जलविद्युत आयोजना पुनःनिर्माण गरेर संचालनको तयारी गरिदा स्थानीयहरु खुसि भएका छन । बिद्युत संचालन अवस्थाको बिषयमा स्थानीयहरुबाट कामको प्रगतिको बिषयमा अनुगमन समेत गरिएको छ । अनुगमन टोलिमा सहभागी स्थानीय अशोक घर्तीका अनुसार बिजुलीको काम अन्तिम चरणमा पुगेको र अबको १५ भित्रै काम सम्पन्न हुने अवस्था देखिएको छ । बिद्युत समितिका समितिका सचीव तेजेन्द्र घर्तीमगरले पावर हाउस लगायत सम्बन्धित टोलमा असार मसान्तसम्म भित्र बत्ति बल्न सक्ने दावी गरे । बिजुली पुनःनिर्माणका लागि नयाँ समितिको कार्यकालमा गाउँपालिकाबाट ३० लाख र वडा कार्यालयको ५ लाख गरि ३५ लाख बजेट बिनियोजन भएको छ ।
