मेगराज खड्का
रुकुम १०, असार : जवरजस्ती करनीको अभियोगमा नेपाल पत्रकार महासंघ रुकुमका अध्यक्ष गणेश बिक (चिन्तन)लाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश गरिएको छ । जिल्ला अदालत रुकुम पश्चिमका न्यायाधिश काजिवहादुर राईको इजलासले आईतबार पुर्पक्षका लागि कारागार चलानको आदेश गरेको जिल्ला अदालतका श्रेष्तेदार तेजप्रसाद पौडेलले जानकारी दिए ।
उनका अनुसार बिकलाई त्रिवेणि गाउँपालिकाकी एक युवतिलाई जवरजस्ती करनी गरेको अभियोगमा गत जेठ २२ गते पक्राउ गरिएको थियो । केहि समयसम्म नेपाल पत्रकार महासंघ जिल्ला शाखा रुकुममा कार्यालय सहयोगीका रुपमा राखेर आफुलाई जवरजस्ती करनि गरेको भनी युवतीले प्रहरीमा जाहेरी दिएपछि बिकलाई पक्राउ गरी मुद्दा चलाएको थियो ।
विगत एक वर्ष देखि विभिन्न डर धम्कि तथा प्रलोभन देखाएर पटक पटक करनि गरेको युवतिले दिएको जाहेरीमा उल्लेख गरेको प्रहरीले बताएको छ । जाहेरीमा नेपाल पत्रकार महासंघको कार्यकक्षमै पनि अध्यक्ष बिकले करनिको प्रयास गरेको उल्लख छ । हिरासतमा रहँदा पनि अनुसन्धान नसकिएपछि पुर्पक्षको लागि थुनामा राखेर थप अनुसन्धान प्रकृया अघि बढ्ने बताईएको छ । पत्रकार महासंघ अध्यक्ष बिकले आफुलाई बिभिन्न बहाना बनाएर फसाएको बताउदै आएका छन ।