इन्द्र बहादुर बुढाथोकी
सल्यान
बनगाड कुपिण्डे नगरपालिका द्धारा सम्पुर्ण व्यवसायीहरुलाइ असार मसान्तसम्म नगरपालिकाको कार्यालयमा आफ्नो व्यवसाय दर्ता गर्ने अनुरोध गरेको छ । बजारबाट हुने आर्थिक क्रियाकलाप व्यवस्थित गर्त नगरपालिकाले व्यवसाय दर्ता अभियानमा जोड दिएको हो । दर्ता अभियानको सचेतना स्वरुप नगरपालिकाको मुख्य व्यापारी केन्द्र सल्लीबजारमा सचेतना ¥याली समेत निकालिएको छ । व्यवासाय दर्ता गरौं, राजस्वको दायरा बढौ, स्थानीय तहको नियम पालना गरौं, सभ्य नागरिकको परिचय दियौं र घरबाल कर तिरौ लगाएतका नारा लगाउदै बजार परिक्रमा गरिएको हो । कार्यक्रममा नगर प्रमुख गोबिन्द कुमारपुनले सम्पुर्ण व्यापारीहरुलाइ आआफ्नो व्यापार व्यवासाय दर्ता गरेर नगरको विकासमा सहयोग गर्ने अनुरोध गरे ।

मुख्य व्यापारी केन्द्र सल्लीबजार लगाएतका १२ वटा वडाका सम्पुर्ण व्यापारीहरुलाइ पनि छिटोभन्दा छिटो नगरमा आएर व्यवासाय दर्ता गर्न उनको अनुरोध थियो । एक महिना भित्र व्यवासाय दर्ता नगरेमा अर्को आर्थिक वर्ष देखि थप जरिवाना सहित शुल्क लाग्ने पनि नगरपालिकाले बताएको छ । अहिले सम्म नगरपालिकामा कुनै पनि व्यवसाय दर्ता भएका छैनन् । नगरपालिकाले सडक अतिक्रमण गरेर गरिएका व्यवापारिक क्रियाकलाप पनि तत्काल हटाउन सबैमा अनुरोध गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto