रुकुम १८, जेठ : रुकुम पश्चिममा एक किशोरी बलात्कारको अभियोगमा दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा रुकुम पश्चिम सानीभेरी गाउँपालिका ५ का १८ बर्षिय बिशाल केसी र सोहि गाउँका धनसिंह बाँठा रहेका छन । उनीहरु दुबैलाई कमला पुन (नाम परिबर्तित) लाई पटक पटक करणी गरेको अभियोग छ ।
दुबैलाई पक्राउ पश्चात जिल्ला अदालत रुकुममा म्याद थप गरि अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरिक्षक ऋषिकुमार ढुंगानाले जानकारी दिए । उनका अनुसार केसीले करणी गरी गर्भवती समेत बनाएको र त्यसपछि पनि अर्का बाठाले आफ्नै मोबाईल पसलमा लगी जबरजस्ती करणी गरेको समेत खुल्न आएको छ । केहि दिन अघि मात्र रुकुम पश्चिम सदरमुकाम खलंगामै शारीरिक सम्बन्धका क्रममा एक जना महिलाको ज्यान गएको घटना सार्बजनिक भएको थियो ।
फेसबुक प्रतिक्रियाहरु
