• हस्तवहादुर केसी

भूपू नेकपा एमाले र भूपू नेकपा  माओवादी केन्द्र  बिच मर्ज भएर बनेको अण्डरलाइन नेपाल कम्युनिस्ट पार्टी यो कम्युनिस्ट पार्टी होइन , यो नामधारी कम्युनिस्ट हो । कम्युनिस्टको खोल ओढेको नक्कली कम्युनिस्ट हो । कम्युनिस्ट हुनलाई त उसले माकर्सवादका आधारभूत सिध्दान्तहरुलाई परिपालना गरेको हुनुपर्छ । माकर्सवाद लेनिनवाद, माओवादलाई पार्टीको पथप्रदर्शक सिध्दान्त तथा मार्गदर्शक सिध्दान्त मान्नु पर्छ । किनभने आजको साम्राज्यवाद र विश्व सर्वहारा वर्ग बिचको भीषण वर्गसंघर्षको युग हो । आजको युगमा मालेमावादलाई पथप्रदर्शक सपध्दान्त नमान्नेहरु सच्चा क्रान्तिकारी कम्युनिस्ट बन्नै सक्तैनन् । आज माकर्सवादले पहिलो चरणमा माकर्सवमदको , दोस्रो चरणमा लेनिनवादको र तेस्रो र नयाँ चरणमा माओवादको विकास गरिसकेको छ र माओवाद आजको युगको माकर्सवाद बन्न पुगेको छ ।

अण्डरलाइन नेकपाले माकर्सवाद  लेनिनवादलाई आफ्नो मार्गदर्शक सिध्दमन्त बनाएको छ । यो विचार त सोभियतसंघको बघटन पछि पूर्वी युरोपका कम्युनिस्ट पार्टीहरु विघटन भएर सोसल डेमोक्रेटिक पार्टीमा परिणत भइसके पछि उनीहरूले अंगिकार गरेको विचार हो । त्यसो भएर अण्डाकारलाइन नेकपा कम्युनिस्ट आन्दोलन र माकर्सवादका समग्र आधारभूत सिध्दान्तशरुबाट च्युत भएर विसर्जित पार्टी हो । यसकारणले सोभियतसंघको विघटन पश्चात् पूर्वी युरोपका कम्युनिस्ट पार्टीहरु माकर्सवादबाट विसर्जित भएर जुन सोसल डेमोक्रेटिक पार्टीका रुपमा परिणत भए त्यही तथ्य नेपाली संसकरणका रुपमा आज अण्डाकारलाइन नेकपा बन्न पुगेको छ । कम्युनिस्ट कस्तो हुनुपर्छ रु कम्युनिस्टहरुले कस्तो सिध्दान्त पालना गर्नु पर्छ रु कम्युनिस्टहरुको लक्ष्य के हुन्छ रु कम्युनिस्टहरुको आचरण र व्यवहार कस्तो हुनुपर्छ रु भन्ने वारेमा मैले यहाँ ब्याख्या गरिरहनुपर्ने कुरा होइन । यो राजनीति जानेका सबैले जानेकै कुरा हो ।
कम्युनिस्टहरु कस्तो हुनुपर्छ , उनीहरूको लक्ष्य के हो र उनीहरूले कस्तो व्यवहार गर्नुपर्नेछ हुन्छ भन्ने विषयमा कार्ल माकर्स,फ्रेडरिक एंगेल्स,लेनिन , स्टालिन, माओ त्सेतुङ, हो चि मिन्ह,चेको ग्वयभारा, फिडेल केरेस्त्र आदि विश्व कम्युनिस्ट आन्दोलनका महान् नेता तथा सर्वहारा वर्गका महान् गुरुले बताई आउनु भएको छ । सन १८४८ मा माकर्स  एंगेल्सद्वारा जारी गरिएको कम्युनिस्ट घोषणापत्र मा नै विस्तृत रुपमा ब्याख्या गरिएको छ। मलाई लाग्दछ यश विषयमा यहाँ धेरै लेखिरहनु पर्दैन ।

यो कुरा केपी ओली,माधव एण्ड झलनाथ कम्पनी र प्रचण्ड एण्ड कम्पनीले केही पनि बुझेको छैन भन्ने कुरा होइन । यश विषयमा यो चरम अवसरवादी कम्पनीले राम्ररी बुझेको छ ।  नेपाल कै सन्दर्भमा पनि कम्युनिस्ट क्रान्तिकारीहरु कस्तो हुनुपर्छ भन्ने वारेमा झापा विद्रोहमा सहभागी भएको केपी ओली एण्ड कम्पनी र दस वर्षे जनयुद्धको नेतृत्व गरेर आएको प्रचण्ड एण्ड कम्पनीलाई पनि राम्ररी थाह छ र जनतालाई पनि राम्ररी थाह छ । सवाल के हो भने झापा विद्रोहलाई टेकेर २०३५ साल पुस ११ गते बनेको नेपाल कम्युनिस्ट पार्टी ९ माले० भित्र दक्षिणपन्थी अवसरवाद घुस्न पुगेपछि २०३७/०३८ सालमै झापा विद्रोह उग्रवामपन्थी भड्काउ थियो भन्ने निर्णय गर्दै झापा विद्रमा प्रयोग गरिएका हतियारहरु कोसी नदिमा फ्याकेर दक्षिणपन्थी संशोधनवादी लाइन समातेर अगाडि बढ्यो र बहुदलीय जनवादलाई पार्टीको मार्गदर्शक सिध्दान्त बनाएर संसदीय भाषामा डुब्न पुग्यो । दस वर्षे जनयुद्धको प्रक्रियाबाट अगाडि बढेको प्रचण्ड एण्ड कम्पनी पनि महान् दश वर्षे जनयुद्धका उपलब्धिहरु र त्यो विरासतलाई बोबोक्न नसकेर महान् जनयुद्धका प्रक्रिया अन्तरगत बनेका जनसत्ताहरु,जनअदालत,जनकारहरुको बिघटन गर्दै जनमुक्ति सेनालाई विघटन गर्दै र जारौं सहिदहरुको रगतले साटिएका हतियारहरु प्रतिक्रियावादी सत्तालाई बुझाउदै प्रचण्ड एण्ड कम्पनीले महान् नेपाली क्रान्ति प्रति गध्दारी गर्न पुग्यो ।जनतालाई धोका दिन पुग्यो । आफ्नो वर्गलाई विर्सने मात्र होइन धोका दिन पुग्यो र वर्गीय रुपमा र राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपपमा समेत तथा साम्राज्यवाद तथा विस्तारवादका सामु लमपसार परेर आत्मसमर्पण गर्न पु्ग्यो र प्रतिक्रान्तिलाई अन्तिम चरणमा पुर्याउदै पटक पटक प्रतिक्रियावादी सत्तामा सामेल हुदै अन्ततः प्रतिक्रियावादमा पहिले नै पतन भइसकेको एमालेमा मर्ज हुन पुग्यो । एउटै वर्गमा परिणत हुन पुगेपछि माकेलाई एमालेमा विलय हुन अनिवार्य भइसकेको थियो र सेफल्यान्डका लागि अर्को विकल्प नै थिएन । यो इतिहासको बाध्यता पनि हो । झापा विद्रोह म्राज्यवाद तथा संशोधनवादका विरुद्ध महान् उद्घोष थियो । महान् दस वर्षे जनयुद्ध सामन्तवाद र साम्राज्यवादका आडभरोसामा टिकेको राजतन्त्रात्मक बहुदलीय व्यवस्थालाई ध्वंस गरेर त्यसको ठाउँमा जनताको जनवादी राज्य व्यवस्था स्थापना गर्ने लक्ष्यमा आधारित भएर थालनी गरिएको सशस्त्र जनयुद्ध थियो । तर यी सबै आदर्शहरुलाई लत्याएर जसरी झापा विद्रोहका भगौडाहरु केपी एण्ड कम्पनी र दस वर्षे जनयुद्धका भगौडा प्रचण्ड एण्ड कम्पनी मर्ज भएर जुा आज कम्युनिस्ट नामधारी एउटा झुन्ड बनेको छ र यसले आफुलाई कम्युनिस्ट भएको डङ्का पिटिरहेको छ , यो सब कुरा झुठ्ठा हो ।

कम्युनिस्ट भनेको त सर्वहारा वर्गको सदस्य हुन्छ । उसले श्रम बेचेर जीवन निर्वाह गर्नु वाहेक उसित आफ्नो भन्ने केही चिज हुदैन । वैज्ञानिक समाजवादका सपध्दान्तकार कार्ल माकर्सले भन्नू भएको छ  सर्वहारा मरे हदकटी वाचे संसार । कम्युनिस्ट सर्वहारा वर्गसंग निजी भन्ने चिज नै उसको निम्ति संसार नै उसको साझा सम्पत्ति हो । तर टाढा जानू पर्दैन । अण्डाकारलाइन नेकपाले आफुलाई कम्युनिस्ट पार्टी भएको घोषणा गरेको छ ।भर्खरै आफ्नो दलाल सरकारका मन्त्रीहरुको व्यक्तिगत सम्पत्ति सार्वजनिक गर्यो। नेपाली जनताले राम्ररी हेर्ने मौका पाएका छन् । ती करोडौं र अरबौ निजी सम्पत्तिका मालिक भएको पनि जनताले देख्ने मौका पाएकै छन् । यी मन्त्रीहरु त प्रतिनिधि पात्र मात्र हुन । प्रचण्ड ,महरा लगायतका सैयौ नेता रहरु र केपी ओलीको त देखेकै कुरा भयो माधव,झलनाथ ,वामदेव ,ईस्वर पोखरेल,विष्णु पौडेल , सुवाष नेम्वाङ लगायत सैयौ नेताहरु संग अरबौ होइन खरबौ रकम छ भन्ने कुरा प्रस्टै छ किन रघुविर महासेट त भूपू एमालेको सामन्य कार्यकर्ता हो , उनीसँग त अथाह सम्पत्ति रहे छ माथिका नेताहरुको कब्जामा नेपालको आधा सम्पत्ति छ भन्ने कुरा सोझै अनुमान गर्न सकिन्छ ।
अतस् यति अकुत सम्पत्तिका मालिक भएका व्यक्तिहरुलाई कम्युनिस्ट भन्न मिल्छ रु रष्ट्र नै किन्न सक्ने सम्पत्तिका मालिक बनेका नेताहरूले नेतृत्व गरेको पार्टी अण्डरलाइनलाइन नेकपालाई कम्युनिस्ट पार्टी भन्न सुहाउँछ रु यो त लाजमर्दो कुरा हो । त्यसैले अण्डरलाइनलाइन नेकपाका नेताहरु पनि कम्युनिस्ट होइनन् र तिनिहरुले चलाउँने पार्टी कम्युनिस्ट पार्टी हुने त कुरै भएन । विना पूर्वाग्रह माक्र्सवादी दृष्टिकोणका आधारमा भन्नू पर्छ अण्डाकारलाइन नेकपा कम्युनिस्ट पार्टी होइन , यो बुर्जुवाकरण भइसकेको सोसल डेमोक्रेटिक पार्टी र सजिलो भाषामा सर्वसाधारण जनताले समेतले बुझ्न सक्ने भाषामा भन्नू पर्दा अण्डाकारलाइन नेकपा कम्युनिस्ट नामधारी , कम्युनिस्ट पार्टीको खोल ओढेको नक्कली कम्युनिस्ट पार्टी हो ।

अर्को वास्तविकता के हो भने नेपाली जनता कम्युनिस्टहरुका पक्षपाती छन् । कम्युनिस्टहरुको राज्य व्यवस्था आओस भन्ने चाहन्छन् ।नेपालको भूमि कम्युनिस्टहरुको उर्वरा भूमि हो । यो तथ्यलाई भूप एमाले र भूप माकेबाट आएका अण्डाकारलाइन नेकपाका नेताहरुले राम्ररी बुझेका छन । यिनीहरू संसदीय व्यवस्थामा चुर्लुम्मै भएर डुबि सकेका छन् । उनीहरुले आफ्नो व्यक्तिगत स्वार्थ यसबाट मात्र प्राप्त गर्न सकिन्छ भनेर ज्यान फालेर लागि पर्दै आएका छन् । त्यसैले नेपाली जनता नेपाली कांग्रेस तिर नजाउन भनेर उनिहरुले अण्डाकारलाइन नेकपाफाई कम्युनिस्ट पार्टी नै हो भनेर न्वारानदेखिको बल लगमइरहेका छन् । नेपाली जनतालाई झुक्याउनका निम्ति उनिहरुले अण्डाकारलाइन नेकपालाई कम्युनिस्ट पार्टी भएको र यसले नै नेपाल राष्ट्र र नेपाली जनताको भविष्य निर्धारण गर्दछ भन्ने झुठो प्रचार गरिरहेका छन् ।नेपाली क्रान्तिलाई तहस नहस पार्ने योजनाका साथ उनिहरुले कम्युनिस्ट पार्टीको नाम दिएर जनतालाई अझै पनि उल्लु बनाउने प्रपञ रचिरहेका छन् ।

नेपाली जनताको समर्थनबाट कटिन्छ भनेर यिनीहरुले गत वर्ष कथित संसदीय चुनावमा पनि वाम एकताको नारा दिए । कम्युनिस्ट भएको भनेर जनतादाई झुक्याएर बहुमत पनि ल्याएर सरकार बनाउन सफल पनि भए । जनतालाई ढाँट्न र छक्याउनमा ओली एण्ड प्रचण्ड कम्पनी ज्यादै सिपाला छन् । यो कुरा आजसम्म पनि नेपाली जनताले बुझ्न नसकेकै कारण उनिहरुले फाइदा लुटिरहेका छन् । जनताको आलोचना र विरोधबाट बच्नका लागि यिनीहरुले सामन्य सुधारका कार्हरु त गर्लान तर जनताका आधारभूत आवश्यक्ताहरु अर्थात् जनताको गाँस,बाँस र कपासको ग्यारेन्टी यी दलालहरुबाट हुन सक्तैन । किन भने यिनीहरू साम्राज्यवाद र विस्तारवादका दलाल हुन । विषेश गरि भारतीय विस्तारवादका दलाल हुन । यिनीहरू स्वतन्त्र छैनन् । यिनीहरूबाट नेपालको राष्ट्रियता र राष्ट्रिय स्वाधीनता सधै खतरामा रहदै आएको छ । र भविष्यमा पनि यिनीहरूबाट राष्ट्रियता खतरामा नै रहने । किनभने भारतीय विस्तारबाद नेपालको राष्ट्रियता र राष्ट्रिय स्वाधीनताको खतरापूर्ण शक्ति हो । अण्डाकारलाइन नेकपाका नेताहरु मुख्यतः भारतीय विस्तारवादका इमानदार दलाल भएका कारण हाम्रो राष्ट्रियता र राष्ट्रिय स्वाधीनता खतरा मुक्त रहने छैन । यसले नेपाली क्रान्तिलाई पनि अलमल्याउन ठूलो कसरत गर्ने छ । यश प्रकारको अवस्थामा नेपाली जनताले कम्युनिस्टको खोल ओढेको नक्कली कम्युनिस्ट पार्टीको नामधारण गरेर नेपाली धर्तीमा उदाएको अण्डाकारलाइन नेकपाबाट नेपाली जनता साबधान हुन अति जरुरी छ । किन भने केपी ओली एण्ड कम्पनीलाई सत्ता जोगाउन आवश्यक भएको र प्रचण्ड एण्ड कम्पनीलाई अकुत सम्पत्ति ब‌ैधानिक बनाउन र सेफल्यान्ड हुन आवश्यक भएको रले एमाले र माकेका बिचमा पार्टी मर्ज हुन पुगेका हुन । यो अर्को उध्द्शे बोकेर देश र जनताको परिवर्तन र क्रान्तिका लागि यी दुबै पार्टी मर्ज भएका होइनन् ।
माओवादी आन्दोलनबाट आएका कारण प्रचण्डले अकुत सम्पत्ति सार्वजनिक गर्न लाज मानिरहेका थिए तर एमाले भए पछि त के को लाज उनले छोरीहरुलाई अरबौ मूल्य लगानी गरेर बनाएको घर सार्वजनिक गरिसकेका छन् र अब उनको अकुत सम्पत्तिको पर्दा खुल्दै जाने छ । अन्तिममा यही हो अण्डाकारलाइन नेकपाको उध्दशे र लक्ष्य । जनतालाई चेतना भया ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto