जयमान बुढामगर
रुकुमकोट १०, जेठ : प्रदेश नम्बर ५ का सभामुख पुर्णबहादुर घर्तिलाई रुकुमकोटमा स्वागत गरिएको छ । रुकुम पुर्ब सिस्ने गाउपालिका स्थित रुक्मिणी माध्यमिक बिद्यालय परिवारले सभामुख घर्तिलाइ एक कार्यक्रमका बिच स्वागत गरेको हो । सभामुख घर्तिलाई बिद्यालय परिबारले स्वागत गर्दै बिद्यालय सुधारका लागि सहयोगका लागि पहल गर्न अनुरोध पनि समेत गरेको छ ।
स्वागत कार्यक्रमका सभामुख घर्तिले आफू यसै बिद्यालयबाट माध्यामिक स्तरको शिक्षा हासिल गरेको बताउदै आगामी दिनहरुमा पनि यस बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरु राज्यको उच्च तहमा पुगेर बिद्यालयको नाम राख्ने बताए । बिद्यालयको भौतिक निर्माण सहितका अन्य शैक्षिक सुधारका लागि आफुले सक्दो सहयोग र पहल गर्ने समेत उनको भनाई थियो । सभामुख भएपछि उनी बिद्यालयमा पहिलोपटक पुगेका हुन । स्वागत कार्यक्रममा ५ नम्बर प्रदेसका उपसभामुख कृष्णा थारु, रुकुम पुर्ब १ नम्बर प्रदेससभाका संसद तेजबहादुर ओली, रुकुम पुर्बका प्रतिनिधिसभाका समानुपातिक संसद आशा शोर्णाकार, सिस्ने गाउपालिकाका अध्यक्ष कुमारी बराल र सिस्ने गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिमला रोका लगाएतको उपस्थिती थियो ।