मेगराज खड्का
रुकुम  : रुकुम पूर्बमा लक्ष्मी बैंकको सहायक कम्पनी लक्ष्मी लघुबित्त बित्तिय संस्थाको शाखा बिस्तार गरिएको छ । मंगलबार सदरमुकाम रुकुमकोटमा संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रकाशराज शर्मा र संचालक समिति अध्यक्ष तथा लक्ष्मी बैंक लिमिटेडका सहायक प्रमुख कार्यकारी अधिकृत अजयबिक्रम शाहले एक कार्यक्रमका बिच सयुक्त रुपमा उद्घाटन गरे ।

रुकुमकोटमा बिस्तार गरिएको लक्ष्मी लघुबित्त बित्तिय संस्थाको ५९ औं शाखा हो । नयाँ जिल्ला बनेको रुकुम पूर्बमा पनि बित्तिय कारोबार व्यवस्थित गर्न शाखा बिस्तार गरिएको शाखा प्रबन्धक दुर्गापति रिजालले जानकारी दिए । संस्था मार्फत धितो तथा बिना धितो ऋण सगै बचत र रेमिट्यान्स सहितका अन्य बैंकिङ सेवाहरु प्रदान गरिने छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto