आहा संचार संबाददाता
नबगठिन नेपाल कम्युनिष्ट पार्टीका नेता तथा रुकुम पश्चिम प्रदेशसभा १ का सांसद गोपाल शर्माले पार्टीको केन्द्रिय सदस्यबाट आफ्नो नाम हटाउन माग गरेका छन । रुकुमलाई माओबादी आन्दोलनको सर्बोत्कृष्ट किल्लाको रुपमा विकास गर्न धेरै नेताहरुको योगदान भएपनि नबगठित पार्टीको केन्द्रिय समितिमा धेरैलाई छुटाएको भन्दै असन्तुष्टि ब्यक्त गरेका हुन । नेकपाको केन्द्रिय समितिको ४ सय ४१ सदस्यीय बितरण सार्बजनिक भएलगतै शर्माले आफ्नो फेसबुक स्टाटस मार्फत आफुलाई केन्द्रिय सदस्यबाट हटाएर अन्य जिम्मेबार नेताहरुलाई राख्न माग गरेका हुन । ‘केही जिम्मेवार नेताहरुलाई छुटाएर जिल्लामा पहल लिईरहेको हाम्रो टीमलाई विकेन्द्रित गर्न चालिएको कदमलाई ध्यान दिदै केन्द्रिय समितीबाट मैले मेरो नाम हटाउन माग गरेको छु र उक्त स्थानमा क. कुशललाई राख्न हामीले प्रस्ताव गरेका छौं ’ उनले लेखेका छन, ‘यो निर्णयले हाम्रो टिमको उपयुक्त कार्यबिभाजनलाई व्यक्त गरेको छ र जिल्लामा हाम्रो एकतालाई थप सुदृढ गर्न भुमिका खेल्ने छ ।’ बसन्त शर्मा (कुशल) यसअघि माओबादी केन्द्र राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य तथा पछिल्लो समय पार्टीको संयोजकको रुपमा समेत काम गर्दै आएका थिए । त्यस्तै रुकुमका अन्य नेतृत्व महेन्द्र केसी पारसमणी र बिमला केसी केन्द्रिय समितिमा नपरेपछि पनि असन्तुष्टी देखिएको छ ।

रुकुमबाट को को ?
आज सार्बजनिक भएको नेकपाको केन्द्रिय सदस्यमा रुकुमबाट जम्मा ९ जना परेका छन । जसमा रुकुम रुकुम पूर्बबाट ५ जना र रुकुम पश्चिमबाट ४ जना छन । रुकुम पूर्बबाट गणेशमान पुन, कमला रोका, तेजबहादुर ओली, दलजित श्रीपाईली र खेममान खड्का छन । त्यस्तै रुकुम पश्चिमबाट जनार्दन शर्मा, राजकुमार शर्मा, गोपाल शर्मा र शेरबहादुर केसी रहेका छन ।

हेर्नुहोस शर्माको फेसबुक स्टाटस

https://www.facebook.com/permalink.php?story_fbid=1967749626592094&id=100000712284486

 

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto