आहा संचार संबाददाता
रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा कर्मचारी र जनप्रतिनिधीबिच किचलो देखिएको छ । कर्मचारी र जनप्रतिनिधीबिच बिबाद हुँदा हातपात समेत भएको घटना सार्बजनिक भएको हो । घटनाको सम्बन्धमा कार्यपालिकाको लेटरप्याडमा निकालिएको सम्पुर्ण कर्मचारीहरुको बिज्ञप्तीमा ३ गते दिउसो पालिकाको प्राबिधिक शाखा ईन्जिनियर ठगेन्द्र चन्दलाई फाँटवाला कुर्सीबाट हातपात गरि वडा नम्बर ८ का वडा अध्यक्ष मानबहादुर चदाराले ज्यान मार्ने धम्की समेत दिएको उल्लेख छ । वडा अध्यक्षले गुण्डागर्दीको रुपमा कर्मचारीहरुलाई आक्रमण गर्दा सम्पुर्ण कर्मचारी चिन्तित र असुरक्षित भएको समेत उल्लेख गर्दै दोषी उपर कारबाही नगरेसम्म कामकाज पनि ठप्प पारेको उल्लेख छ । बिस्तृत जानकारीका लागि हेर्नुहोस बिज्ञप्ती
सम्पुर्ण कर्मचारीहरुको नाममा प्रकाशित गरिएको उक्त बिज्ञप्तीमा कसैको पनि हस्ताक्षर छैन । तर नगरपालिकाकै लेटरप्याड र छाप प्रयोग गरेर पीडित कर्मचारीहरुको भाषामा बिज्ञप्ती निकालिएको छ । यदि उक्त बिज्ञप्ती नगरपालिकाकै आधिकारीक हो भने कर्मचारी प्रमुखको हैसियतका प्रमुख प्रशासकीय अधिकृतले हस्ताक्षर गर्न सकिन्थ्यो वा पालिकाको लेटरप्याड प्रयोग नगरेर अन्य पेपरमा पनि बिज्ञप्ती जारी गर्न सकिन्थ्यो । प्रेस बिज्ञप्तीहरु सामान्यतया पत्रकार र मिडियाहाउसहरुको लागि प्रकाशित हुन्छन । कुनै अज्ञात समुहद्धारा जारी बिज्ञप्ती बाहेक अन्यमा कसले बिज्ञप्ती जारी गरेको हो यसको हस्ताक्षर अनिबार्य हुन्छ । प्रेस बिज्ञप्ती प्रकाशित भएपछि पत्रकार सम्मेलन गरेर प्रेस बिज्ञप्ती पत्रकारको हातहातमा बितरण गर्ने र पत्रकारको केहि थप जिज्ञासा आएमा आयोजकले प्रत्यक्ष जानकारी पनि दिने गरिन्छ । पत्रकार सम्मेलन पनि आयोजना गरिएन भने मिडिया हाउसहरुमा आफै गएर पु¥याउने, फ्याक्स वा ईमेल गर्ने चलन छ । तर आठबिसकोटमा प्रेस बिज्ञप्ती जारी गर्दै फेसबुकमा राख्ने प्रतिष्प्रधा नै चलेको छ । २४ घण्टामा तिन वटा बिज्ञप्ती जारी भएका छन र ति सबै फेसबुकमा अपलोड भैसकेका छन । सयुक्त कर्मचारीहरुको नाममा निकालिएको बिज्ञप्ती फेसबुकमा ब्यापक भएको केहि समय पछि फेरी सम्पुर्ण जनप्रतिनिधीहरुको नाममा अर्को बिज्ञप्ती आएको छ । उक्त बिज्ञप्तीमा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीको प्रत्यक्ष आदेशमा धेरै योजनामा जनताबाट घुस माग्दै आएको र उक्त दिन पनि एउटा २६ लाखको योजनामा भुक्तानीको लागि कार्यकक्षमा पुग्दा कर्मचारीबाट आईफोन बार्गेनिङ भैरहेको वडा अध्यक्ष चदाराले थाहा पाई त्यहाँ बुझ्न जाँदा बिबाद हुन गएर दुबै पक्षबिच हातहालाहालको अवस्थामा पुगेको उल्लेख गरिएको छ । साथै नगरपालिकाको लेटरप्याड र छाप प्रयोग गरि जनप्रतिनिधीहरुलाई गुण्डागर्दि साबित गरि निमित्त प्रमुख केसीले निकालेको बिज्ञप्ती गैरकानुनी भएको भन्दै एथासिग्र कारबाही गर्न नगरप्रमुख संग माग गरिएको छ । सम्पुर्ण जनप्रतिनिधीहरु भनेर निकालिएको बिज्ञप्तीमा पनि कसैको हस्ताक्षर छैन । बिस्तृत जानकारीका लागि हेर्नुहोस बिज्ञप्ती
यी दुई बिज्ञप्ती पछि नगरप्रमुख गोरबहादुर केसीको नाममा अर्को बिज्ञप्ती जारी भएर नगरपालिकाको फेसबुकमा अपलोड गरिएको छ । जसमा न शुरुमा कर्मचारीहरुले निकालिएको बिज्ञप्ती जस्तो बिबरण र भाषा छ न जनप्रतिनिधीहरुको नाममा निस्किएको बिज्ञप्ती जस्तो । यसमा मात्र दुखत घटना घटेको र छानबिन गरेर उचित न्याय दिने उल्लेख गरिएको छ । कामको चाँपका कारण ढिलासुस्ती भएको उल्लेख गर्दै बिज्ञप्तीको अन्यमा जनप्रतिनिधीहरुको नाममा निकालिएको वक्तब्य आधिकारिक नभएको उल्लेख छ । तर शुरुमा सम्पुर्ण कर्मचारीहरुको नाममा भने निकालिएको बिज्ञप्ती सहि हो होईन कुनै उल्लेख गरिएको छैन । हेर्नुहोस यस्तो छ बिज्ञप्ती ।
सयुक्त कर्मचारीको नाममा निकालिएको बिज्ञप्तीमा ४ गतेदेखि नगरपालिकामा सम्पादन हुने सम्पुर्ण कामहरु ठप्प पारिने घोषणा गरिएपनि शुक्रबार नै निमित्त प्रमुख प्रशाकीय अधिकृत रामबहादुर केसीको हस्ताक्षर भएको करार स्वयमसेवक शिक्षकहरुको मौखिक परिक्षा सम्बन्धी सूचना प्रकाशित गरेर नगरपालिकाको फेसबुक पेजमा पोष्ट गरेका छन । हेर्नुहोस सूचना
