डिल्लीबहादुर खत्री
चौरजहारी
पश्चिम रुकुम चौरजहारी नगरपालिकाको तेस्रो नगर सभा सम्पन्न भएको छ । नगरपालिकाका विधेयकहरु पास गर्नलाई तेस्रो नगर सभा भएको हो । तेस्रो नगर सभाले १३ वटा विधेयकहरु पास गरेको छ । चौरजहारी नगरपालिकाले यो सँगै बर्षमा ३० वटा विधेयकहरु पास गरेको छ । तेस्रो नगर सभाबाट पास भएका विधेयकहरुमा स्थानीय राजपत्र सम्बन्धि कार्यबिधी २०७४, चौरजहारी नगरपालिकाको प्रशासकीय कार्यबिधी २०७४, स्थानीय तहको उपभोक्ता समिति गठन, परिचालन र ब्यवस्थापन कार्यबिधी २०७४र “घ“ वर्गको निर्माण ब्यवसायि इजाजतपत्र कार्यबिधी २०७४ रहेका छन ।

त्यस्तै करार कर्मचारीको सेवासुविधा मापदण्ड सम्बन्धि कार्यबिधी, २०७४, एकीकृत सम्पति कर ब्यवस्थापन सम्बन्धि कार्यबिधी २०७४, न्यायिक समितिले उजुरीको कारबाही किनारा गर्दा अपनाउनुपर्ने कार्य्विधि सम्बन्धमा व्यवस्था गर्न बनेको कार्यबिधी २०७४, स्थानीय उर्जा बिकास सम्बन्धि निर्देशिका २०७५, चौरजहारी नगरपालिकाले विभिन्न पदको स्थायी र दरबन्दी र करार सेवामा पदपूर्तिको लागि सञ्चालन गरिने परिक्षामा खटिने कर्मचारीको सेवासुविधा कार्यबिधी २०७५, बालकोष सञ्चालन कार्यबिधी २०७५, बाल क्लव र सञ्जाल गठन तथा सहजीकरण निर्देशिका कार्यबिधी २०७५, बाल संरक्षण नीति कार्यबिधी, २०७५ र बाल बिवाह न्युनिकरण रणनीति योजना २०७५ रहेका छन । सबै विधेयकहरु १५ दिनभित्र स्थानीय राजपत्रमा प्रकाशन भए पछि कार्यन्वयन हुने नगरप्रमुख बिशाल शर्माले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto