डिल्लीबहादुर खत्री
रुकुम

पछिल्ला दिनहरुमा आएको हावाहुरी सहित असिना पानीले पश्चिम रुकुम चौरजहारी नगरपालिकामा लगाएको हिउदे खेती पुर्ण रुपमा क्षति गरेको छ । अन्नबाली भित्र्याउने बेला आएको असिना पानीले गहुँ संगै मुला, काउली, प्याज, तरकारी खेती, फलफुल लगायत बेमौसमी रुपमा लगाएका खेतीहरुमा पनि क्षति गर्दा कृषकहरु चिन्तिम बनेका छन ।
असिना पानीले अन्नबाली सगै तरकारी नष्ट गरिदिँदा यस क्षेत्रका कृषकहरु मारमा परेको चौरजहारी नगरपालिका ६, का कृषक रुद्रबहादुर खत्रीले बताए । असिनाबाली रुकुम पश्चिम सगै रुकुम पुर्बका बिभिन्न ठाउँमा लगाएको तरकारी, फलफुल पनि क्षति गरेको छ । रुकुम पूर्बको रुकुमकोटमा पछिल्लो ५ बर्ष यताकै ठुलो मात्रामा असिना परेको स्थानियहरुले बताएका छन ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto