परिचन्द्र खत्री
रुकुम : यस बर्षको एसइई परिक्षा सकिसकेको छ । एसइई पश्चात धेरै बिद्यार्थीहरु अबको यात्रा के कसरी अगाडि बढाउने भनेर सोचिरहेका छन भने कोहि कम्प्युटर लगायतका बिभिन्न तालिमहरु लिन शुरु गरिसकेका छन । तर रुकुम पश्चिमका धेरै बिद्यार्थीहरु भने कामको लागि भारत जाने नयाँ गन्तब्य शुरु भएको छ । घरको आर्थिक अबस्था कमजोर र गाउँ घरमा अन्य कुनै काम नहुँदा एसइई दिएर पैसा कमाउन भारत जाने उनीहरुको नयाँ गन्तब्य शुरु भएको हो ।
रुकुम जिल्लाका अधिकाशं ठाउका बिद्यार्थीहरु एसईई सकिए पछि भारतका बिभिन्न ठाउमा जाने गरेका छन् । एसईईको रिजल्ट तिन महिना पछि असारमा आउने भएकाले केहि पैसा कमाउने भनेर प्राय जसो बिद्यार्थीहरु भारत जाने गर्दछन् । भारतको केरला, ब्याङलोर तथा हिमाञ्चल प्रदेशमा काम गरेर दशैमा घर फर्कने गर्दछन् । यसरि भारत जानेमा प्राय जसो रुकुमका ग्रामिन भेगका बिद्यार्थीहरु रहेका छन् । यसरि भारतमा गएका बिद्यार्थीहरु मध्य पास भएपछि घर फर्कने तर फेल भएपछि एक बर्ष सम्म भारत बस्ने र पढाई छोड्ने गरेका छन् । ग्रामिन भेगमा रहेका बिद्यालयमा भर्ना भएका बिद्यार्थीको संख्या जतिकै बिद्यार्थिहरु उपस्थित नहँुनको कारणको रुपमा बिद्यार्थी भारत पैसा कमाउन जानु हो । प्रायजसो सरकारी बिद्यालयका बिद्यार्थीहरु नै भारत पलाएन हुने गरेका छन् । कलिलै उमेरमा भारत पसेका युवाहरु कोहि त्यतै पालाएन हुने गरेका छन् ।
आर्थिक अवस्था सबल भएका केहि बिद्यार्थीहरु सदरमुकाम खलंगा वा अन्य शहर पढाईकै सिलसिला या घुमफिरमा लागेपनि आर्थिक अवस्था कमजोर भएकाहरु भने भारत कमाउन जानु बाध्यता रहेको उनीहरु बताउछन । रुकुम पश्चिम बाँफिकोट गाउँपालिका वडा नम्वर २ का बिरेन्द्र खत्री भारत जान दाङ सम्मको टिकट काट्नको लागि खलंगा काउन्टरमा थिए । बिरेन्द्रले हाल सम्पन्न एसईई दिएर भारत जान लागेको बताए । उनि संगै उनका धेरै साथिहरु पनि थिए । बिहानै मुसिकोटमा पुगेका बिद्यार्थि करिव २८ जना भारत जानको लागि घरवाट हिडेको बताउछन् । भारत जानको लागि हिडेका सबै जसो एसईई परिक्षा दिएका थिए भने कोहि कक्षा ८ र ९ को परिक्षा दिएका बिद्यार्थीहरु पनि थिए ।
घरको आर्थिक अबस्था कमजोर भएकै कारण आफु भारतको केरला जान लागेको बिद्यार्थी लालबहादुर नाथ बताए । ‘परिक्षा सकियो, बेकारको घर बसाई भन्दा भारत गएर पैसा कमाउन सकिने संभावना देखिएपछि त्यता लागियो’ उनले भने, ‘तिनचार महिना भारतमा काम गरेर पैसा कमाउने र रिजल्ट आएपछि फेरी त्यहि पैसा खर्च गरेर पढाईमा जोडिन योजना छ ।’ सबै अबिभावकको सहमतिमै आफुहरु भारत जान लागेको बताउछन् । त्यस्तै अर्को बिद्यार्थी अनिल पौडेल भने साथिहरुको लहैजहैमा भारत जान लागेको बताए । ‘हाम्रो गाउँघरमा धेरै साथीहरु भारतमा जाने गरेका छन, म पनि कस्तो कमाई हुने रैछ भनेर जान लागको हँु ।’ उनले भने । यी प्रतिनिधिमुलक पाृत्र मात्र होईन भारत जाने अधिकाशंहरुको भनाई यस्तै हुने गरेको छ ।
फेसबुक प्रतिक्रियाहरु