आहा सञ्चार संबाददाता
रुकुम सदरमुकाम खलंगाबाट नियमित प्रशारणमा रहेको रेडियो सानोभेरी एफएम १० बर्ष पुरा गरि ११ औं बर्षमा प्रबेश गरेको छ । सिस्ने बहुउदेस्सीय जनसेवा केन्द्रद्धारा संचालित रेडियो सानीभेरी २०६४ साल चैत्र २५ गतेदेखि प्रशारण यात्रा शुरु गरेको थियो । रेडियो दश बर्ष पुरा गरि ११ औ बर्षमा प्रबेश गरेको अवसरमा रेडियोको संचालक संस्थाका अध्यक्ष गोबिन्द रोका र प्रबन्ध निर्देशक ध्रुब बिक्रम बुढाथोकीले सयुक्त रुपमा प्रेस बिज्ञप्ती जारी गर्दै यहाँसम्म ल्याउन सहयोग गर्ने सबैलाई धन्यबाद ब्यक्त गरेका छन ।
रेडियो सानोभेरी सगै रुकुम पश्चिममा ७ वटा रेडियो प्रशारण छन भने एउटा रेडियो प्रशारणको तयारीमा छ । प्रशारण क्षमता, प्रबिधि र राम्रो व्यवस्थापनका कारण जिल्लाकै प्रभावशाली बिद्युतिय संचार संस्थाको रुपमा आफ्नो स्थान बनाउन सफल रेडियो सानीभेरी राजनीतिक संक्रमणकालको अन्त्य पछि समृद्ध नेपाल र सुखि नेपाली भन्ने सरकारी नारा सगै समाजबादी क्रान्तिको दिशामा मुलुकलाई अघि बढाउन सचेत अभिमतको सक्रिय भुमिका निर्बाह गर्ने बिज्ञप्तीमा उल्लेख गरेको छ । रेडियो सानोभेरी रुकुम सगै आसपासमा १००.८ र देशबिदेशमा अनलाईन मार्फत पनि सुन्न सकिन्छ । हेर्नुहोस यस्तो छ जारी बिज्ञप्ती


