डिल्ली खत्री
रुकुम १८, चैत : पश्चिम रुकुम चौरजहारी नगरपालिका वडा न. १० को वडा कार्यालयको केन्द्र परिवर्तन गरिएको छ । टाटागाउँबाट चिन्नेबगरमा कार्यालय सारिएको हो । साविकको वडा कार्यालयमा इन्टरनेटले काम नगर्दा वडा कार्यालय सारिएको वडा कार्यालयले बताएको छ । यहि १४ गते बसेको वडा पालिकाको बैठकको निर्णय अनुसार वडा कार्यालय समशितोष्ण उन्नत तरकारी बीउ उत्पादन सहकारी संस्था लिमिटेडको कार्यालयमा सारिएको वडा अध्यक्ष धरम केसीले बताए । उनका अनुसार सबै वडालाई वाईफाईको पहुँचमा जोड्ने नगरपालिकाको निर्णय अनुसार पहिलेको कार्यालयमा ईन्टरनेट नेटवर्कले काम नगरेपछि वडा कार्यालय सारिएको हो । वडा कार्यालयले सहकारीको २ वटा कोठा भाडामा लिएर नयाँ कार्यालयबाट कामकारबाही सुरु गरेको हो ।
फेसबुक प्रतिक्रियाहरु