डिल्ली खत्री
रुकुम १४, चैत : रुकुम पश्चिम चौरजहारी नगरपालिकाले सबै वडामा सचिवहरु तोकेको छ । वडामा स्थायी सचिव नहुँदा वडाका कामकारबाही सञ्चालन गर्न समस्या भएपछि नगरपालिकाले वडा सचिव नियुक्त गरेको हो । एउटै सचिवले ४ वटाभन्दा बढी वडा हेर्नुपर्ने समस्या भएपछि नगरपालिकामा भएका कर्मचारीलाई वडा सचिव नियुक्त गरेको नगरपालिकाका निमित्त प्रशासकिय अधिकृत प्रदिप स्वर्णकारले जानकारी दिए ।
उनका अनुसार १४ जना सचिब आवश्यक भएपनि ४ जना मात्र सचिब भएपछि १० जना अन्य कार्यालयका कर्मचारीलाई वडा सचिवान नियुक्त गरिएको हो । ‘स्थायी सचिव नआउन्जेल वडा सचिवले काम गर्छन, त्यसपछि अहिलेका वडा सचिव पहिलेकै पदमा रहेर काम गर्छन, निमित्त प्रशासकीय अधिकृत स्वर्णकारले भने । कार्यालयका अनुसार वडा न. १ मा लोकबहादुर खत्री, २ समीर स्वर्णकार, ३ मा रुपा शर्मा, ४ मा बलबहादुर केसी, र ५ मा जनकप्रसाद शर्मा वडा सचिबमा नियुक्त भएका छन । त्यस्तै ६ मा राजेन्द्र खड्का, ७ मा दिपलाल कुँवर, ८ मा बसन्तकुमार पुन, ९ मा खुमन कुँवर योगी, १० मा लक्ष्मी ओलि, ११ मा गोबिन्द्र बुढाथोकी , १२ मा टेकेन्द्र आचार्य, १३ मा खेमराज खड्का र १४ मा कल्पना शाहि रहेका छन ।
नगरपालिकाले नियुक्त गरेका सचिवहरुलाई खरिदार सरहको सेवासुविधा दिने नगरपालिकाले जनाएको छ । वडा सचिव वडा कार्यालयमा पुगेसँगै वडा कार्यालयको कामकारबाहीमा सजिलो भएको वडा कार्यालयले बताएका छन् ।

election adv.
फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto