आहा संबाददाता
रुकुम
यहि चैत्र ८ गतेदेखी हुने एसईई परिक्षामा सहभागी हुने रुकुम पुर्वका परिक्षार्थीहरु रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा रहेको परिक्षा केन्द्र सल्ले आउने भएका छन् । आंशिक बिद्यार्थी थोरै भएकोले उनीहरुको सहजताका लागी दुवै जिल्लाको परिक्षा एउटै परिक्षा केन्द्र रुकुम पश्चिममा हुने जिल्ला शिक्षा अधिकारी कर्णबहादुर कुँवरले बताए । जिल्ला सदरमुकाम खलंगा पत्रकारहरुसंग एक कार्यक्रमको आयोजना गरि यस्तो जानकारी दिईएको हो ।

उनका अनुसार दुवै रुकुम जिल्लाका १ सय २१ आंशिक परिक्षार्थीलाई रुकुम पश्चिमको एउटै परिक्षा केन्द्रबाट परिक्षा दिने व्यवस्था मिलाइएको हो । नियमित तर्फका परिक्षार्थी भने आफ्नै जिल्लामा रहेका परिक्षा केन्द्रमा परिक्षा दिने छन् । दुवै जिल्लाबाट नियमित र आंशिक तथा प्राबिधिक धार तर्फ गरी ५ हजार ३ सय ३६ परिक्षार्थी सहभागी हुने जिल्ला शिक्षा कार्यालयले जानकारी दिएको छ । परिक्षालाई शान्तिपुर्ण र मर्यादित बनाउन पर्यबेक्षण तथा अनुगमण कार्यलाई प्रभाबकारी गराईएको प्रमुख जिल्ला अधिकारी बंशीकुमार आचार्यले जानकारी दिए । रुकुम पुर्ब र पश्चिमको यस्तो छ परिक्षा बिवरण

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto