आहा संचार संबाददाता
रुकुम
द्वन्द्वपीडितहरुको संलग्नतामा गठन गरिएको जिल्ला स्तरीय संक्रमणकालीन न्याय तथा शान्ति मञ्च रुकुमको बैठक आइतबार सदरमुकाम मुसीकोटमा सम्पन्न भएको छ । मानव अधिकार संरक्षण तथा कानूनी सेवा केन्द्र हरप्लेस नेपालद्वारा सञ्चालित संक्रमणकालीन न्याय र शान्ति प्रवद्र्धनका लागि स्थानीय क्षमता विकास परियोजना अन्तर्गत गठन गरिएको उक्त मञ्चको बैठकमा द्वन्द्वपीडितका विद्यमान समस्या, संक्रमणकालीन न्यायको प्रक्रिया लगायतका विषयमा छलफल गरिएको छ । पीडितहरुले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगमा उजुरी दिएको लामो समय भईसक्दा पनि न्याय पाउने कुरा कतै पनि नसुनेको गुनासो गरे । यी आयोगहरुको म्याद मात्र थप गरेर केही नहुने उनीहरुको गुनसो छ । बैठकपछि रुकुम जिल्लामा द्वन्द्वको समयमा ज्यान गुमाएका मृतकहरुको सम्झनामा निर्माण गरिएको शान्ति स्मारकको अवलोकन समेत गरिएको छ । अवलोकनको क्रममा आफ्ना परिवारका सदस्यहरुको नाम उक्त स्मारकमा देख्दा पीडितहरु खुसी भएका छन् । संक्रमणकालीन न्याय तथा शान्ति मञ्च रुकुमका संयोजक विष्णु देवकोटाको अध्यक्षतामा सम्पन्न उक्त बैठकको सहजिकरण हरप्लेस–नेपाल रुकुमका जिल्ला कार्यक्रम संयोजक सुरेन्द्र खत्रीले गरेका थिए ।
फेसबुक प्रतिक्रियाहरु