चन्द्रमामा बिदा मनाउन जाने मानिसका लागि उनीहरु चन्द्रमामा पुग्नु भन्दा पहिले्नै मोबाइलको नेटवर्क हुने भएको छ । यसले उनीहरुलाई फेसबुक जस्तो सामाजिक सञ्जालमा तस्बिर पोष्ट गर्नका लागि सहयोग पुग्नेछ ।
जर्मन अन्तरिक्ष फर्म पीटी साइन्टिस्टका साथसाथै फिनिस नेटवर्क उपकरण नोकिया र बेलायती मोबाइल क्यारियर भोडाफोनले २०१९ मा चन्द्रमामा दुरसञ्चार नेटवर्क सञ्चालनमा ल्याउने प्रयास थालेका छन् ।
यदी यो योजना सफल भयो भने यो पहिलो निजी स्पेस मिसन हुनेछ । कम्पनीहरुको यो समूहले नासाको एपोलो १७ मिसनको अवतरण साइटमा अउडी लुनार क्वाट्रो पठाउने लक्ष्य निर्धारण गरेको छ ।
यसका साथसाथै मोबाइल नेटवर्कको आधार भएको आधार स्टेसनल पनि लन्च गरिने योजना रहेको छ । यसले फोरजी मोबाइल नेटवर्कसँग रोभरलाई सम्पर्क गर्नेछ र दृश्यलाई पृथ्वीमा फर्काउनका लागि सहयोग गर्नेछ ।
यो रोभरले एपोलो १७ साइटको खोज गर्नेछ । तर स्पेसक्राफ्ट तीनदेखि पाँच किलोमिटरको दुरीमा अवतरण गर्ने भएकाले यसका लागि मोबाइल संकेतको आवश्यकता पर्छ ।
नासाको विगतको मिसनले रोभरलाई पृथ्वीमा दृश्यको प्रसारणका लागि सहयोग गरेको छ । तर यो निरन्तर भने हुने छैन ।
तर यो असक्षम भएको पीटी साइन्टिस्टका सीईओ रोबर्ट बोहमेले बताए ।
“सबैभन्दा पहिले ब्यान्डविथ वास्तवमै न्यून हुनेछ र यसले वास्तवमै प्रसस्त मात्रामा उर्जा लिनेछ । तपार्यसँग पर्याप्त मात्रामा उर्जा हुनेछैन,” बोहमेले बताए ।
कारोबार दैनिकबाट