आहा संचार संबाददाता
पहिलो कर्णाली प्रदेश कप क्रिकेटमा रुकुमपश्चिमले शानदार जीत दर्ता गरेको छ । मंगलबार विरेन्द्रनगरको कालिञ्चोक खेल मैदानमा भएको खेलमा रुकुमपश्चिमले सल्यानलाई ९ विकेटको फराकिलो अन्तरले हराएको हो ।

३४ रनको सामान्य लक्ष पछ्याएको रुकुमले ६ ओभर खेल्दै १ विकेट गुमाएर लक्ष पुरा गर्यो । रुकुमका लागि महेश बिकले १२ रनको योगदान गरे । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सल्यानले ११.४ ओभर खेल्दै सबै १० विकेट गुमाएर जम्मा ३३ रन मात्र बनाउँन सकेको थियो । उसका कुनैपनि ब्याट्सम्यानले खुलेर खेल्न सकेनन् । सल्यानलाई सस्तैमा समेट्ने रुकुमका कप्तान विवश गिरीले सर्वाधिक ४ विकेट लिए । ३.४ ओभर बलिङ गर्दै गिरीले मात्र ७ रन दिए । त्यस्तै रुकुमका लागि बिजय बिष्ट र दिनेश पुनले समान ३÷३ विकेट लिए । यो रुकुमको लगातार दोस्रो जीत हो । पहिलो खेलमा रुकुमले दैलेखलाई ९९ रनले पराजित गरेको थियो । रुकुमले आफ्नो तेस्रो खेलमा भोली जुम्ला संग प्रतिस्पर्धा गर्ने छ ।

यसैविच सुर्खेतले लगातार तेस्रो जीत निकालेको छ । मंगलबार भएको तेस्रो खेलमा सुर्खेतले जुम्लालाई २२ रनले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको सुर्खेतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७८ रन जोडेको थियो । १ सय ८९ रनको लक्ष पछ्याएको जुम्ला निर्धारित २० ओभरमा १ सय ५६ रन मात्र जोड्न सक्यो ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto