डिल्लीबहादुर खत्री
चौरजहारी : पश्चिम रुकुम चौरजहारी नगरपालिका वडा न. १० चिसापानीमा सोमबार भेटिएको बम निस्कृय गरिएको छ । ज्वालादल गण चौरजहारी क गुल्मको टोलिले बम निस्कृय गरेको हो । जमिनमुनि गाडिएको अवस्थामा फेला परेको माईन बम सेनाको टोलीले निस्कृय पारेको सेनानी गोरख बहादुर पुजाराले जानकारी दिए । उनका यो बम जनयुद्ध कालमा गाडिएको हुनसक्छ । सोमबार चौरजहारी टार सिँचाइ आयोजनाको नहर खन्ने क्रममा उक्त बम भेटिएको थियोे । द्धन्द्ध सकिएको लामो समयबिति सम्दा पनि हालसम्म पनि विकास निर्माण लगायतका बिभिन्न समयमा जमिनमुनि गाडिएका बम फेला पर्दै आएका छन ।
फेसबुक प्रतिक्रियाहरु