परिचन्द्र खत्री
मुसिकोट
अझै पनि महिला बिभिन्न हिसांवाट पिडित रहेको एक कार्यक्रमका वक्ताले बताएका छन । महिलाहरु लाई कानुनी रुपमा जति अधिकार दिएको भएपनि पनि रुकुमका महिलाले पाउनु पर्ने अधिकार पाउन नसकेको महिला अधिकारकर्मीहरुको भनाई रहेको छ । महिला कुनै न कुनै कारण हिसांमा र पिडामा बाच्नु परेको कार्यक्रका सहभगिले बताएका हुन । सोमबार रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा भएको अन्तराष्ट्रिय महिला दिवसको अवसरमा भएको सरोकारवालाहरु संगको अन्तरक्रिया कार्यक्रममा वोल्ने बक्ताले यस्तो बताएका हुन ।
स्थानिय सत्ता संचालन ऐन २०७४ ले स्थानीय तहमै मुद्धाहरुको छिनोफानो गर्ने भनिएता पनि स्थानीय तहवाट प्रभाकारी ढङगले मुद्धाको छिनोफानो नहँुने गरेको पिडितहरुको भनाई रहेको छ । यस्ता कारणले महिलाहरुका अधिकांस मुद्धाले कानुनी निकास नपाएको अधिकारकर्मीहरुको भनाई रहेको छ । कति महिलाले स्थानीयतह वाट नै महिलाको मुद्धा हेरीन्छ भन्ने कुरा समेत थाहा नभएकाले पनि यो बिषयमा बुझाउनु पर्ने उनीहरुको भनाई रहेको थियो । कार्यक्रममा वोल्दै कर्णाली प्रदेश प्रदेश सभा सांसद देबी ओलीले अबका दिनमा पनि महिला हिंसा हुनु भनेको महिला निकै अन्यायमा परेको र महिलाको अधिकारको लागि आफ्हरु लड्दै आएको र अझै महिलाको लागि लडिरहने बताईन ।
कार्यक्रममा प्रदेश नम्वर ५ कि प्रदेश सभा संसद आशा स्वर्णकार, जिल्ला समन्वय समितिका प्रमुख राजकुमार शर्मा, उपप्रमख ईन्दीरा बुढा, प्रमुख जिल्ला अधिकारी बंशिकुमार आचार्य र जिल्ला स्थित कानुन व्यवसायी महिला अधिकारकर्मी सहितको सहभागीता रहेको थियो । मुसिकोट नगरपालिका उपप्रमुख प्रेमकुमारी सुनारको अध्यक्षतामा भएको कार्यक्रममा सांसद देवि ओलीको प्रमुख आतिथ्यता रहेको थियो । मुसिकोट नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा महिला बिकास अधिकृत पुष्पा रिजालको स्वागत मन्तव्य र कमला बुढाको सञ्चालन रहेको थियो ।