डिल्लीबहादुर खत्री
चौरजहारी
कर्णाली प्रदेश सभा सदस्य गोपाल शर्माले सबैले तल देखि नै खेलकुदको जग राम्रो बनाउन प्रत्येक वडामा खेलमैदानको विकास हुनुपर्ने बताएका छन । प्रत्येक वडामा खेलमैदान भएमा मात्र नयाँ खेलाडीको विकास र भएका खेलाडिहरुको स्तरबृद्धि हुने बताउदै यस्तो कुरा बताएका हुन । शनिबार रुकुम पश्चिमको चौरजहारीमा प्रथम नगर प्रमुख कपको समापन कार्यक्रम बोल्दै खेलाडिले आफ्नो क्षमता प्रष्फोटन गर्न खेलाडि र भौतिक पुर्बधारको विकासमा सरकार लाग्नुपर्ने उनको भनाई थियो ।
पश्चिम रुकुम क्षेत्र न. २ बाट निर्बाचित सांसद शर्माले प्रत्येक वडामा खेलमैदान निर्माण गर्न आफ्नो क्षेत्रबाट पहल र चौरजहारी रंगशालालाई प्रादेशिक खेलमैदान बनाउने प्रतिबद्धता समेत जनाए । फरक प्रसंगमा उनले देश जनयुद्ध र जनआन्दोलन पछि संघिय ब्यवस्थामा गएकोले त्यसको संरक्षण अहिले सबैको प्रमुख दायित्व भएको बताए । ‘देश समृद्धि बनाउनलाई सबैले पहिला घर, समाज समृद्धि बनाउनुपर्छ त्यसपछि मात्र सबै क्षेत्र समृद्धि हुन्छ’ उनले भने । १४ गतेदेखि सुरु नगर प्रमुख कप शनिबार सम्पन्न भएको हो । ५ दिनसम्म सञ्चालन भएको नगर प्रमुख कपमा पुरुष, महिला भलिबल, फुटबल, ब्याडमिन्टन र बुद्धिचाल खेल सञ्चालन गरिएको थियो । जसमा पुरुष भलिबलमा वडा न. ७ लाई हराउँदै वडा न. ११ बिजेता बन्यो भने वडा न. ७ उपबिजेतामा सिमित रहनुर्पयो । महिला भलिबलमा वडा न. ५ लाई हराउँदै वडा न. २ बिजेता बन्यो भने वडा न. ५ उपबिजेता भयो । त्यस्तै फुटबलमा वडा न. ३ लाई ० का बिरुद्ध ५ गोल प्राप्त गरेर वडा न. १ बिजेता बन्यो भने ३ नम्बर उपबिजेतामै सिमित रहनुर्पयो ।
ब्याडमिन्टनमा यादवराज वली, युवराज लामिछाने, उपबिजेता अभिनास केसी, पुष्प खनाल बिजेता भए । त्यस्तै बुद्धिचालमा धिरेन्द्र योगी बिजेता र संगिता राना उपबिजेता भए । खेलमा बिजेता हुने टिमलाई पुरुष भलिबलमा र फुटबलमा बिजेतालाई ट्रफि, मेडल र ५० हजा नगद दिइएयो भने उपबिजेतालाई ट्रफि, मेडल सहित ३० हजार र सेमिफाइनलमा हुने टिमलाई १०/१० हजार रकम दिइएको छ । त्यस्तै महिला भलिबलमा बिजेतालाई ट्रफि, मेडल, ३० हजार नगद, उपबिजेतालाई २० हजार नगद, ट्रफी, मेडल दिइएको छ भने सेमिफाइनल हुने दुई टिमलाई १०/१० हजार दिइएको छ । त्यस्तै ब्याडमिन्टन र बुद्धिचालमा बिजेतालाई ५ हजार नगद, ट्रफी, मेडल, उपबिजेतालाई ३ हजार नगद ट्रफी, मेडल र सेमिफाइनलका टिमलाई १५/१५ सय दिइएको छ । नगर प्रमुख विशाल शर्माको अध्यक्षता रहेको कार्यक्रममा चौरजहारी स्थित विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिको उपस्थिति थियो भने सञ्चालन पत्रकार ज्ञानु गौतमले गरेका थिए ।