मेगराज खड्का
रुकुम ११, फागुन
रुकुमका बिभिन्न ठाउँमा प्याराग्लाईडिङको सफल परिक्षण गर्ने पाईलटलाई रुकुममा स्वागत गरिएको छ । पर्यटन प्रवद्र्धन तथा वाताबरण संरक्षण केन्द्र (टिप्स नेपाल)ले आफ्नो कार्यालयमा स्वागत तथा सम्मान गरेको हो ।
संस्थाका अध्यक्ष चन्द्रबहादुर केसी, पर्यटनकर्मी गोपाल केसी लगायतले सम्मान गरेका हुन । स्वीजरल्याण्डका नागरीक २७ बर्षिय डेनिले साताब्यापी रुपमा रुकुम पश्चिम र पुर्बका बिभिन्न ठाउँमा प्याराग्लाईडिङको सफल परिक्षण गरेका थिए । रुकुम पश्चिमको बाफिकोट, रैपोखरी, दुदिल्डाडा र काडाको चुच्चे ढुङगा देउराली गैराका सगै रुकुम पर्बुका रुकुमकोटका बिभिन्न ठाउँबाट उडान परिक्षण गरेका हुन ।
पहिलो दिन जन्तीबस्ने लेक वाट उडान भरेको प्यारागालाईडिङ स्यार्पुमा गएर अवतरण गरिएको थियो । गत वर्ष जन्ती बस्ने लेकवाट मुसिकोटको सल्ले एयरपार्टसम्म प्यारागालाईडिङ सफल परिक्षण गरिएको थियो । जिल्लामा प्यारागालाईडिङको सफल परिक्षण भएसगै आगामी दिनहरुमा पर्यटन प्रवद्र्धन र प्यारागालाईडिङको व्यवसायी उडानका लागि पनि संभावना बढेर गएको छ ।
फेसबुक प्रतिक्रियाहरु