बिचल्ली बालबालिकाले पाए आर्थिक सहायता

Byआहा सञ्चार

२०७४ फाल्गुन १०, बिहीबार १७:०७ गते

आहा सञ्चार संबाददाता
बुवा, आमा गुमाएर ३ जना बिचल्लीमा परेका रुकुमका वालवालिकालाई नागरिक समाजका अगुवा तथा समाजसेवी डाक्टर सुन्दरमणी दिक्षितले १ लाख ५० हजार सहयोग गरेका छन । गत फाल्गुन ३ गते नेपाल टेलिभिजन र नेपालसमाचार पत्रमा बाबुआमाको मृत्युपछि बच्चाहरुको बिचल्ली शिर्षकको समाचार प्रकाशन प्रसारण भएपछि सहारा बिहिन ति बच्चाहरुले राहत पाएका छन् । रुकुमको सानीभेरी गाँउपालिका ११ का ३ वालक अभिभावक बिहिन भएपछि उनीहरुको अवस्थाबारे रुकुम संवाददाता धनवीर दाहालले स्थलगत रिपोर्टिंग गरी समाचार प्रकाशन, प्रसारण गरेपछि शाही समाज सेवा निधि पाटन ढोकाका अध्यक्ष एवं नागरिक समाजका अगुवा समाज सेवी दिक्षितले १ लाख ५० हजार र सोही संस्थाका सदस्य सचिव रेवादेवी दिक्षितले १२ हजार रकम राहत स्वरुप प्रदान गरेका हुन । २०७१ सालमा झाडापखालाबाट धर्मे खड्काको र गत बैसाख २० गते उनकी कि श्रीमति मगी खड्काको स्तन क्यान्सरबाट ज्यान गएपछि उनका ३ छोराको बिचल्ली परेका थिए । साविकको अर्मा गाबिस वडा नं ७ का उनीहरु आफन्तको घरमा बस्दै आएका छन् ।

१३ बर्षका बलबहादुर खड्का,९ बर्षका गोपाल खड्का र ६ बर्षका धनबहादुर खड्कालाई दिक्षितबाट ति बच्चाहरुको नेपाल बैंक लिमिटेडमा बालबचत खाता संचालन गरी सोही खातामा जम्मा गरेको भौचर जिल्ला प्रशासन कार्यालयमा एक कार्यक्रमको आयोजना गरी प्रमुख जिल्ला अधिकारी बंशीकुमार आचार्यले हस्तान्तरण गरे । सो भौचर रकम हस्तान्तरण गर्दै प्रमुख जिल्ला अधिकारी एवं जिल्ला बालकल्याण समितीका संयोजक बंशीकुमार आचार्यले बिचल्लीमा परेका वालवालिकालाई सहयोग गर्ने डा. सुन्दरमणी दिक्षित र उनीहरुको अवस्थाबारे रिपोर्टिंग गर्ने पत्रकार धनवीर दाहाललाई धन्यवाद प्रकट गरे । जिल्ला वालकल्याण समितीको तर्फबाट पनि रु १० हजार उनीहरुलाई यसअघि नै प्रदान गरिएको वालअधिकार अधिकृत मानविर ओलीले बताए । उनीहरुलाई राहत स्वरुप प्रदान गरिएको १ लाख पचास हजार मुद्धतीखातामा राखिएको छ भने १२ हजार तत्काल शैक्षिक सामाग्री, लत्ताकपडा किन्नका लागी खर्च स्वरुप पठाइएको थियो । रकम पाएपछि ति बालवालिका खुसी भएका छन् । आफुहरुलाई पढ्न साह्रै मन लाग्ने गरेको तर बिद्यालय जानका लागी कपडा र कापाी कलम किन्ने पैंसा नभएर जान नसकेको वालक बलबहादुरले बताए ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस...