डिल्लीबहादुर खत्री
रुकुम ९, फागनु : पश्चिम रुकुम चौरजहारी नगरपालिकाद्धारा ९ नयाँ बिधेयक पारित गरेको छ । वडा न. ११ स्थित जहारी खोला कृषि सहकारी संस्थाको सभाहलमा भएको नगर सभाको बैठकले विभिन्न विधेयक समतिहरुले तयार पारेका विधेयकहरु पारित गरेको हो । दुई दिनसम्म चलेको बैठकले ९ वटा विधेयकहरु पारित गरेको हो ।

विधेयक समितिका संयोजक टिकाराम ओलिका अनुसार बैठकले शिक्षा विधेयक, कृषि विधेयक, सडक विधेयक, स्वास्थ्य विधेयक, खानेपानी विधेयक, सहकारी विधेयक, विपद ब्यवस्थापन विधेयक, बजार अनुगमन विधेयक र रेडियो सञ्चालन विधेयक पारित गरेको छ ।

उनका अनुसार पारित भएका विधेयकहरु छिट्टै प्रमाणिकरण हुने र प्रमाणिकरण भइसकेपछि मात्रै कार्यन्वयन हुनेछन ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto