वृद्धाश्रममा सहयोग

Byआहा सञ्चार

२०७४ फाल्गुन ९, बुधबार १३:५५ गते

आहा सञ्चार
तुलसीपुर , ८ फागुन । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १२ रझेनाका वासुदेव गौतम र उनकी श्रीमती दामा गौतमले रझेना स्थित वृद्धाश्रमका वृद्धहरुलाई भाडाकुडा, लत्ताकपडा र खाट सहयोग गरेका छन् । वृद्धहरुलाई सहयोग गर्नु मानवीय दायित्व भएको वताउँदै गौतमले सहयोग गरेको वताए । आफ्ना स्वर्गिय वुवा तिलकराम गौतम र आमा यामादेवी गौतमको सम्झनामा १० हजार वरावरको सामान गौतम दम्पतीले सहयोग गरेका हुन् । गौतम दम्पतीले सहयोग गरेपछि वृद्धाश्रममा बसिरहेका वृद्धहरु खुसी भएका छन् । यसैविच वासुदेव गौतमकै संयोजकत्वमा महायज्ञ सञ्चालक समिति समेत गठन गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto