आहा सञ्चार संबाददाता
जाजरकोट रिम्ना र रुकुम पश्चिम घेत्मा जोड्ने मोटरयवल पुल निर्माण सम्पन्न भएपछि रुकुम जाजरकोट सिधा जोडिएको छ । यसअघि बिचमा ठुलोभेरी नदि भएका कारण रुकुम खण्डमा सञ्चालित गाडिहरु भेरीवारी घेत्मा र जाजरकोट क्षेत्रमा सञ्चालन हुने सवारीसाधन भेरीपारी रिम्ना सम्म मात्र सञ्चालन हुने गरेका थिए । सुर्खेत छिन्चु, जाजरकोट डोल्पा सडकखण्डमा पर्ने यस मोटलरयल पुन निर्माणपछि जाजरकोट रिम्ना भएर पुल मार्फत रुकुम आठबिसकोट नगरपालिका सम्म जान सकिने भएको हो ।
पर्यटकीय क्षेत्रको रुपमा रहेको रिम्ना बजारमा छेउमा मोटलयल पुल बनेपछि बजारीकरण पनि सहयोग पुगेको छ ।
पुल निर्माण संगै सिधा यातायात हुँदा नेपालगंज, सुर्खेत जस्ता शहरबाट पनि खाद्यान्न तथा अन्य सामाग्रीहरु ढुवानी गर्न सहज भएको छ । पक्की मोटरयवल पुल बनेपनि त्यस क्षेत्रको सडक भने कच्ची नै रहेको छ । जसका कारण जोखिमपुर्ण तरिकाले सवारीसाधानमा यात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।
फेसबुक प्रतिक्रियाहरु