आहा सञ्चार संबाददाता
रुकुम पश्चिमको चौरजहारीमा नगरपालिकामा नगर परामर्श समिति गठन गरिएको छ । पुर्व नगर विकास अध्यक्ष प्रेम वहादुर वलीको संयोजकमा ११ सदस्य नगर परामर्श समिति गठन गरिएको हो । नगरले प्रवाह गर्ने सेवा सुविधा, विकास निर्माणका गतिविधि नीति निर्माण योजना वाँडफाँट तथा जनगुणासोका वारेमा रचनात्मक सल्लाह तथा सुझाव दिने उद्देश्यले परामर्श समिति गठन गरिएको नगर प्रमुख विशाल शर्माले जानकारी दिए ।

उनका अनुसार परामर्श समितिमा कृषि, शिक्षा, स्वास्थ्य, संचार, यातायात, विद्युत, खानेपानी र उद्योग वाणिज्य संघ लगाएतका क्षेत्र वाट प्रतिनिधित्व हुने गरी समितिको सदस्यमा रहेका छन । परामर्श समितिको सदस्यहरुमा वुद्धिजिवी कर्ण वहादुर घर्ति, शीतल माध्यामिक विद्यालय चौरजहारीका प्राचार्य गणेश प्रसाद रिजाल, हिमालय माध्यामिक विद्यालय खोलागाउँका प्राचार्य भिम वहादुर वली, चौरजहारी अस्पताल प्रमुख डिल वहादुर गिरी , उद्योग वाणिज्य संघका अध्यक्ष तेज वहादुर विष्ट र रेडक्रस सभापति तेज वहादुर वटाला रहेका छन । त्यसैगरी पत्रकार तर्फबाट रेडियो आफ्नो एफएमका प्रबन्धक गोपाल रेग्मी, शिक्षक दिलाराम शर्मा, कृषक वीर वहादुर वली र गोपा वि.एम रहेका छन । समृद्ध चौरजहारी नगरपालिका निर्माणमा परामर्श समितिले महत्वपुर्ण भुमिका खेल्ने अपेक्षा गरेको गरिएको छ । समितिको वैठक प्रत्येक महिनामा १ पटक वस्ने निर्णय गरीएको छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto