महेश केसी
रुकुम ६, फागुण : रुकुम सदरमुकाम मुसीकोटमा संचालन भएको प्रथम नगर कप अन्तरगत भलिबल प्रतियोगीता सम्पन्न भएको छ । पुरुष भलिबलको उपाधी चौरजहारी नगरपालिकाले जितेको छ । आईतबार मुसीकोट खलंगा स्थित बह्राटाकुरा टुँडिखेलमा भएको फाईनलमा आठबीसकोट नगरपालिकालाई ३–१ को सेटमा पराजित गर्दै चौरजहारीले उपाधी हात पारेको हो ।
पहिलो सेट आफ्नो पक्षमा पारेपनि त्यसपछि भने लगातार तीन सेट गुमाएपछि आठबीसकोट उपबिजेतामै चित्त बुझाउँन बाध्य भयो । पहिलो सेट आठबीसकोटले २१ का बिरुद्ध २५ ले जितेको थियो भने दोस्रो सेट चौरजहारीले १८ का बिरुद्ध २५, तेस्रो सेट २१ का बिरुद्ध २५ र चौथो सेट १९ का बिरुद्ध २५ ले आफ्नो पक्षमा पा¥यो । बिजेता चौरजहारीले ट्रफि सहित नगद् ५१ हजार १ सय प्राप्त गर्दा उपविजेता आठबीसकोटले ट्रफिका साथ नगद ३१ हजार १ सय पाएको छ ।
त्यस्तै प्रतियोगीतामा त्रिवेणि गाउँपालिका तेस्रो भएको छ । उसले ट्रफि संगै २१ हजार १ सय नगद पाएको आयोजक मुसीकोट नगर खेलकुद विकास समितिका अध्यक्ष भुषन रावलले जानकारी दिए । यसैविच महिला भलिबलको उपाधी पुथाउत्तरगंगा गाउँपालिकाले जितेको छ । बह्राटाकुरा टुँडिखेलमै हिजो भएको फाईनलमा सिस्ने गाउँपालिकालाई पराजित गर्दै पुथाउत्तरगंगाले उपाधी जितेको हो । बिजेता पुथाउत्तरगंगाले ट्रफिका साथ नगद ५१ हजार १ सय र उपविजेता सिस्ने गाउँपालिकाले ट्रफि र नगद ३१ हजार १ सय पुरस्कार पाएको छ । त्यस्तै प्रतियोगीतामा सानीभेरी गाउँपालिका तेस्रोे भएको छ ।
पुथाउत्तरगंगा गाउँपालिकाको ‘बी’ टीमलाई पराजित गर्दै सानीभेरीले तेस्रो स्थान हात पारेको हो । उसले ट्रफि र नगद २१ हजार १ सय प्राप्त गरेको अध्यक्ष रावलले बताए । महिला, पुरुष भलिबलमा सात÷सात ओटा टीमले सहभागीता जनाएका थिए । यो संगै फागुन १ गतेबाट सुरु भएको प्रथम नगर कप सम्पन्न भएको छ । मुसीकोट नगरपालिकाको आर्थिक सहयोगमा नगर खेलकुद विकास समितिले नगर कपको आयोजना गरेको हो । नगर कप अन्तरगत महिला, पुरुष भलिबल, मावि स्तरिय हाजिरी जवाफ, लोक दोहोरी र घैटोफोर प्रतियोगीताको आयोजना गरिएको थियो ।