मेगराज खड्का
रुकुम : चिसो मौसमले पायः सबैलाई सताउने गर्छ । तराई क्षेत्रमा हुने शितलहरले मान्छेको ज्यान समेत लिने गरेको भएपनि पहाडी क्षेत्रमा भने खासै चिसोले ज्यानै लिने खालको प्रभाव त देखाउदैन तर चिसो छल्न केहि सानोतिनो उपाय भने अपनाइएको हुन्छ । तातो लत्ताकपडा देखि खानपान ध्यान सबैले चिसो समयमा दिन आवश्यक छ ।
चिसो मौसमको समयमा समस्यामा पार्ने साना बालबालिकाहरु पनि हुन । उनीहरुलाई घरदेखि बिद्यालयहरु सम्मको समयमा न्यानो बनाउन अनेक उपायहरु अपनाईन्छ । चिसो समयमा रुकुमका केहि प्रारम्भिक बिद्यालयहरुका बिद्यार्थीहरु बिद्यालय समय कक्षा कोठामा भन्दा खुल्ला चौर अनी घाममा बसेर बढिरहेको पाईन्छ । रुकुमको आठबिसकोट नगरपालिका १४, पिपलचौरको सिर्जना आधारभुत बिद्यालयमा पुग्दा पनि बिद्यार्थीहरु खुल्ला चौरमा बसेर पढिरहेका थिए । उनीहरु भित्र बस्न बिद्यालय भवन नभएर होईन चिसो मौसम छल्न यस्तो गरिरहेका छन । साना बालबालिकाहरु तातो घाममा बसेर पढ्न रुचाएका कारण यस्तो गरिएको बिद्यालयका प्रअ कर्ण पुनले बताए ।