- जि. एम. दिपु देपेन्द्र
- चौरजहारी न.पा. ११, रुकुम
गजल १ )
.
ताराहरुको उपस्थिती, रातमा मात्रै हो !
बेसारेहरुको माया प्रेम, बातमा मात्रै हो !
.
उसको मुटुमा अरुकै नाम कोरीएको छ !
तिम्रो नामको ट्याटु त, हातमा मात्रै हो !
.
मुर्खहरुलाई जति उपदेश, दिए’नी हुदैन !
मुर्खहरुले सम्झिने भनेको, लातमा मात्रै हो !
.
आफै आफ्नो तह लाग्छन, उमेर ढल्केसी !
सबको घमन्ड जवानीको, मातमा मात्रै हो !
.
ईश्वर पनि रोएका छन, हेर्नुस भित्र भित्रै !
बाहिर मुस्कान देखिने त, दाँतमा मात्रै हो !
.
गजल २.)
.
पहिला आफ्नै थैलीको मुख बलियो बनाउनुहोला !
अनि मात्र अरु कसैलाई सियो बनाउनुहोला !
.
जुलियट हुँ भन्दैमा पनि यसै कहाँ हुन्छ ??
बिचार गरेर यो भिडमा रोमियो बनाउनुहोला !
.
म पुज्नलाई आई रहनेछु अब सधैं यसै गरी !
मनको मन्दिरमा मायाको दियो बनाउनुहोला !
.
पौरखी हजुरका हातहरुले के बनाउदैनन् र ??
आउनु यो बाँझो फाँटलाई हरियो बनाउनुहोला !
.
क्यासेट जस्तै दोहोर्याऊन मिल्ने जिन्दगी हुदैन !
जिउनुछ भने बिल्कुल आफुलाई, रेडियो बनाउनुहोला !
.
गजल ३).
.
प्रत्येक कुरा बताई रहन, जरुरी हुदैन !
मेरो साथमा कलम हुन्छ, खुकुरी हुदैन !
.
पहिलै भनेको छु मैले, ढिडो खाना सिक !
हाम्रो घर- तिर चिकेन र, तन्दुरी हुदैन !
.
कागले कान लग्यो भन्दा, कान छाम्नुपर्छ !
कागको पछाडी हतार हतार, दगुरी हुदैन !
.
समयले लाएको घाऊ, समयले नै पुरे पनि !
आफुले लाएको घाऊ आफैले, नपुरी हुदैन !
.
जन्म मृत्यु र बिबाह, यी तीन वटा कुरा !
कसैको पनि भाग्य रेखामा, नजुरी हुदैन !
.
अर्काको श्रम चुस्नेहरुलाई, जुका भनिन्छ !
आफुले श्रम नगर्ने कोहि पनि, माहुरी हुदैन !
.
गजल ४).
.
तिमी यसरी बारम्बार, फुल लिएर नआऊ !
काँडा मन पर्छ अरे यार, फुल लिएर नआऊ !
.
बश् त्यति नै काफी छ, जति दिएकी छ्यौ !
अब उपरान्त उपहार, फुल लिएर नआऊ !
.
हिजो मट्टीतेल छर्कियौ, मेरो जिन्दगी जल्दा !
आज फगत यी दुईचार, फुल लिएर नआऊ !
.
जनता भोकले कलेटिदाँ, प्यासले आत्तिदा !
राहत पठाऊ ए सरकार, फुल लिएर नआऊ !
.
तरबार चलाउनै पर्दैन, मुटु चुडाऊन’लाई !
फुलमै हुन्छ अचेल धार, फुल लिएर नआऊ !
.
गजल ५.)
.
दुई चार चिम्टी सिन्दुर, सिसीमा राखेको छ !
पसलेले कसैको खुसी, बिक्रीमा राखेको छ !
.
बा-आमालाई परदेशबाट, छोराको खबर दिदै !
कसैले एकसरो धागो, चिठीमा राखेको छ !
.
आऊ युवा देश उठाँऊ, विकासको शक्तिले !
विकासले अब सबै आशा, तिमीमा राखेको छ !
.
धनिले भित्तामा कुकुरदेखि, सावधान लेखे पनि !
यो गरिवले सानो गुन्द्री, पिढींमा राखेको छ !
.
सारा सपना निली दिएर, तिमी निक्लीए पछि !
तिम्रो नाम नै यो ‘दिपु’ले, ‘निलीमा’ राखेको छ !