आहा संचार संबाददाता
तुलसीपुर
संचारिका समुह दाङ र क्रियाशिल पत्रकार महिला दाङको संयुक्त आयोजनामा आज तुलसीपुरमा एक कार्यक्रमका विच प्रदेश ५ का महिला जनप्रतिनिधिहरुलाइ स्वागत तथा सम्मान गरिएको छ । कार्यक्रममा उपस्थित प्रदेश ५ मा रहेका १२ जिल्लाका महिला जनप्रतिनिधिहरुलाई स्वागत तथा सम्मान गरिएको हो । कार्यक्रममा बोल्दै महिला जनप्रतिनिधीहरुले प्राप्त उपलब्धी र संबिधानले प्रद्धत गरेको अधिकार कार्यन्वयन निष्पक्ष न्याय सम्पादनमा आफुहरुले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताए । न्यायिक सम्पादनमा कार्यबिधि बनिनसक्दा आफुहरुलाई सोचेअनुसारको न्याय सम्पादनमा अप्ठेरो परेको जनप्रतिनीधि महिलाहरुको भनाई रहेको थियो ।
कार्यक्रममा बोल्दै तुलसिपुर उपमहानगरपालिका उपमेयर माया आचार्यले नेपालको संबिधानले महिलाहरुलाइ अधिकार सहितको राजनैतिक नेतृत्वगर्ने अवसर प्राप्त गरेको बताउदै यो अवसरलाइ आफुहरुले भरपुर उपयोग गर्ने बताईन । महिला पत्रकारहरुले गरेको सम्मानले आफुहरलाइ थप जिम्मेवारी बोध गराएको उनको भनाई थियो । घोराहि उपमहानगरपालिकाकी उपमेयर सिता न्यौपानेले सबिधानले महिलाहरुलाइ अधिकार दिएपनि कार्यान्वयन तहमा थुपै्र चुनौतिहरु रहेको धारणा राखिन । कार्यक्रममा बोल्दै नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापाले स्थानीय तहमा सबिधानले उपप्रमुखहरलाइ बढि जिम्मेवारी दिए पनि प्रमुख र उपप्रमुख बिच सहकार्य हुन नसक्दा कार्य सम्पादनमा निकै चुनौति रहेको बताईन ।
संचारिका समुह दाङका अध्यक्ष नारायनी रजौरेको अध्यक्षता एबं क्रियाशिल पत्रकार महिला की प्रदेश ५ कि संयोजक लिला शाहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सञ्चारिका समुह बाकेका संस्थापक अध्यक्ष अध्यरी पोेख्रेल, क्रियाशिल पत्रकार महिला दाङकाकी सल्लाहकार बसुन्धरा गौतम लगाएतका पत्रकार महिलाहरुले ५ नम्बर प्रदेशका सबै स्थानीयतहलाई सूचनामैत्री बनाउन आग्रह गरेका थिए । १२ जिल्लाका उपमहानगरपालिकाका उपप्रमुख, नगरपालिकाका उपप्रमुख र गाउँपालिकाका उपाध्यक्षहरुलाई तुलसीपुरमा पाउँदा आफुहरु अत्यन्तै खुशि भएको उनीहरुको भनाई रहेको थियो । कार्यक्रमको सहजिकरण संचारिका समुहकी क्षेत्रिय उपाध्यक्ष सुलोचना गौतमले गरेकी थिईन ।