- समर सज्जन समर
मनको मझेरीमा तिमी लाई
बास दिन चाह गर्नु सबै भन्दा
उच्च स्थान दिनु र आफु भन्दा
धेरै भरोसा गर्नु मनै मनमा रङ्गीन
कल्पना गर्नु के गल्ती होर ?
छुटै संसार बसाउन खोज्नु,
के मेरो गल्ती होर?
सबै सम्बन्ध भन्दा अलग हो
सबै आफन्त भन्दा पनी नजिक
संसार अटाउने मनको खुल्ला
सिंहासनमा तिमीलाई राख्नु
के मेरो गल्ती होर र ?
तिमी लाई संसारकै सुन्दर
नारी ठानु के मेरो गल्ती होर ?
जीवनमा हर पानाहरु खुल्लै थिए
तिम्रो सामुकहाँ कहिले के लेखिएको
थियो? कोरिएका कतै मेटिएका कतै
मेटाईएका मेरा अतीत,सायद तिमीलाई
भन्दा धेरै त आफैलाई पनि थाहा छैन
होला साँच्चीकै तिमी आफै भन्न त्यती,
धेरै भरोसा गर्नु के मेरो गल्ती होर ?
आकाश लजाउदैन धर्तीलाई देखेर
धर्तीले घुम्टो हाल्दैन आकाशलाई देखेर
यस्तै यस्तै केही त थियो तिमी र म बीचमा
खै के नाम दिन्छन् त्यस्तो सम्वन्ध लाई यहाँ,
माया को नाता या त साथीको नाता या अरु,
केही यहाँको समाज ले दिने यी नाता भन्दा
भिन्नै साइनो दिन खोज्नु के गल्ती होर ?
आज किन बोल्दैनौ ?बोलाउदा पनि,
के भयो सोध्दैनौ टोलाउदा पनि अचेल
कतै बिझाएको छु भने ती तिम्रा आँखामा,
झारीदिनु निसड़्कोच यही जमिनमा
जहाँबाट उठेर तिम्रो आँखासम्म पुग्ने
दुष्साहस गरेँ,दुखाएको छु भने त्यो मुटुलाई ,
फ्याकिदिनु त्यही बगरमा जहाँबाट तिमीले
टिपेकी थियौ एउटा जीवन म केही भन्दिना
तिमी लाई यती धेरै तिमी मैं
हराउनु के गल्ती होर ?
मैले तिमी लाई प्रेमिका कहिलै सोचिना
न त श्रीमती नै सोच्न सक्छु पिलीज
न दिदी न बहिनी सोच्न रोकिरहेको छु,
केवल मन सँगको साईनो हो तिम्रो र मेरो ।
तर प्रेमी झैं मायालु व्यवहार गर्ने खोज्नु,
श्रीमान झैं असल दोस्ती बन्न खोज्नु ,
दाई( भाई झैं हौसला दिन खोज्नु अवश्य
गलत होइना जस्तो महसूस गर्द छु म तिमीले
साच्चीकै तिम्रो पक्षमा यो सब गर्नु गल्ती होर?
तिमी र म बिचमा एउटा कुरा फरक छ
त्यो नत तिमी ले मेटाउन सक्छौं नत मैले नै
हो त्यो फरक तिमीले या मैले बनायको होइन,
त्यो त प्राकृतिक रुपमा नै थियो हामी बिच हो
त्यो फरक हो म पुरुष तिमी नारी हौ फरक यति हो,
समाजले तेर्साउने अनगिन्ती प्रश्नहरू त मेरा सामु
पनि छन् र तिम्रा सामु झनै धेरै छन् न्नियमहरू छन्
कर्तव्य अनि जिम्मेदारी पनि छन् होइना र तिमी लाई
थाहा छ मलाई पनी राम्रो सँग थाहा छ अनी सँगै यो
समाज लाई पनी थाह हुनु पर्छ नारी पुरुषको सम्बन्ध
प्रेमी प्रेमिका र लोग्ने स्वास्नीको मात्रै हुँदैन भनेर,
मैले यो समाज ले सोच्य भन्दा पनी भिन्नै
तरीका ले सोच्नु के मेरो गल्ती होर ?
सायद तिमी डरायौ होला यो समाज सँग
जीवनसँग जोडिएक हरेक नातासँग,हो है
त्यसैले त टाढियौ साईनो बिनाको सम्बन्धसँग
समाज हो एक दिन परिवर्तन हुनेछ भन्ने तिमी लाई
पटक्कै हेक्का भयन छ त्यही भयर तिमी फरक
हुन खोज्दैछौ,सोच हो एक दिन बदलिनेछ भन्ने
तिमीले कती पनी हेक्का राखीनौ है म पो
अनपढ़ थिय र तिमी डिग्रीधारी हौ होइना र?
यस्तै ( यस्तै परिबेश बाट तिमी लाई बदल्न
खोज्नु के मेरो गल्ती होर ?
तर थाहा छ तिमीलाई ? यी सबै नाता सम्बन्ध,
भन्दा कैयौं गुणा माथि छौ तिमी कसम रहिरहनेछौ
जीवनभर जब सम्म म रहने छु कही कतै कहिल्यै
नदुख्ने नाता गाँस्न चाहेको हुँ तिमीसँग ,के तिमी र
म साथी बन्न सक्दनौ र ? दुनियाँ ले डाहा गर्ने साथी,
हो मैले यस्तो निश्चल,यस्तो, सभ्यता, यस्तो, स्वार्थहिन
साथी बनाउन खोज्नु के मेरो गल्ती हो ?
![Siddhartha Auto](https://aahasanchar.com/wp-content/uploads/2024/11/aaha-dijital-final.jpg)