गोपाल रेग्मी
चौरजहारी
सरकारले वाल विकास शिक्षिकाहरुको श्रम शोषण गरेको भन्दै त्यसको लागी शिक्षिकाहरु एक जुट भएर आवाज उठाउने बताएका छन । काचो माटोका रुपमा रहेका वालवालिकाहरुको भविश्य निर्माणको लागी आफुहरुले गरेको योगदानको कदर राज्यले नगरेको भन्दै त्यसको लागी शिक्षिकाहरुले एक जुटभएर आवाज उठाउने वताएका हुन । रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा आयोजित वालविकास शिक्षाकाहरुको नगर स्तरिय भेलामा वोल्दै शिक्षिकाहरुले आफुहरुको श्रमशोषण भैरहेको भन्दै त्यसको लागी स्थानीय तथा प्रदेश सरकार संग पारिश्रमिक वृद्धिको माग गर्ने वताएका छन ।

शिक्षिकाहरुले एक जुट भएर नितिनिर्माण तहमा ज्ञापनपत्र वुझाउने र त्यसको लागी शिक्षक संघ संगठन र शिक्षक महासंघलाई सहयोगको लागी आग्रह गरेका हुन । दिनप्रतिदिनको महंगी अनुसार पारिश्रमिक चित्त वुझदो नभएकोले आफुहरुले विभिन्न समयमा सरोकारवाला निकाय समक्ष माग पत्र पेश गरेको भएपनि त्यसको हाल सम्म सुनुवाई नभएको शिक्षिकाहरुले गुणसो गरेका छन । जिल्लाको चौरजहारी नगरपालिकामा ३२ जना वाल विकास शिक्षिकाहरु छन । भेलाबाट शिक्षिकाहरुले आफनो हकहित र अधिकारको लागी मन्सरा के.सीको संयोजकमा १७ सदस्य नगर स्तरिय वालविकास शिक्षिका समिति गठन गरेका छन । उनीहरुले हाल मासिक ६ हजार रकम पाउने गरेका छन । कार्यक्रम सहभागी अन्य शिक्षा संग सरोकार राख्ने निकायका प्रमुख तथा प्रतिनिधीहरुले पनि बालशिक्षिकाहरुको पारिश्रमिक बढाउनुपर्नेमा जोड दिएका थिए ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto