मनिषा राई
रोल्पा : रोल्पामा सोमबार राति बम बिस्फोट भएको छ । जनयुद्ध दिवसको पुर्व सन्ध्यामा माडी गाउँपालिका वडा नम्बर ६ कोर्चाबाङ मिनाहीमा रहेको एनसेलको टावरमा राति करिव १२ बजे विस्फोट भएको प्रहरीले जनाएको छ । बम प्रहारबाट टावर संचालनका लागि ब्याट्री लगायतका सामग्री राखिएको स्थान ध्वस्त भएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक सुदर्शन पन्थीका अनुसार विष्फोटबाट टावरमा क्षति पुगे पनि टावरले काम भने गरिरहेको छ । स्थानीयहरुका अनुसार मध्यरातमा विष्फोटको ठूलो आवाज सुनिएको थियो । घटना बारे अनुसन्धान भइरहेको प्रहरीको भनाई रहेको छ । फागुन १ मा जनयुद्ध दिवस मनाउनुपूर्व विप्लव नेतृत्वको नेकपाले घटना घटाएको हुनसक्ने अनुमान गरिएको भएपनि बिस्फोटको जिम्मा हालसम्म कसैले लिएको छैन ।
फेसबुक प्रतिक्रियाहरु
